एसईईपछि शान्ता चौधरीको रोजाई रत्नराज्य

एसईईपछि शान्ता चौधरीको रोजाई रत्नराज्य


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकी सांसद तथा संसदीय दलकी सचेतक शान्ता चौधरी नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुलमा ११ कक्षामा भर्ना भएकी छिन् ।

दाङबाट यसै वर्ष एसईई पास गरेकी सांसद चौधरीले अस्ति (सोमबार) सो स्कुलमा कक्षा ११ मा नाम लेखाएकी थिइन् । आज बुधबारबाट कक्षासमेत लिएकी उनको रोलनम्बर ६२ रहेको छ ।

उनकी छोरीले पनि उनीसँगै यसपालि एसईई गरेकी हुन् भने छोराले १२ को पढाइ सकाइसकेका छन् ।
विद्यालयमा भर्ना भएपछि उनलाई विद्यालय व्यवस्थापन समितिले विद्यार्थी प्रतिनिधिका रूपमा व्यवस्थापन समिति सदस्यसमेत मनोनीत गरेको छ ।

सानैदेखि जमिनदारको घरमा कमलरी बसेकी चौधरीले पढ्ने अवसर पाएकी थिइनन् । मुक्त कमलरीको रूपमा ०६४ मा सांसद बनेपछि हस्ताक्षरसमेत गर्न नजान्दा समस्या भोगेकी चौधरीले त्यसपछि पढाइलाई महत्व दिन थालेकी थिइन् ।