ट्राफिक प्रहरीको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु

ट्राफिक प्रहरीको गाडीको ठक्करबाट पैदलयात्रुको मृत्यु


ट्राफिक प्रहरी महाशाखाको गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । गाडीको ठक्करबाट मृत्यु भएका पैलदयात्रीको पहिचान खुल्न सकेको छैन ।

महाशाखाको बा.१झ ७८६६ नम्बरको गाडीले गएराति कोटश्वरबाट बालकुमारी आउने क्रममा आकाशे पुलमुनि ती व्यक्तिलाई ठक्कर दिएको हो ।

राति करिब ११ बजे ठक्कर दिँदा ती व्यक्ति गम्भीर घाइते भएकोमा उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर पुऱ्याइएको थियो । उपचारको क्रममा चिकित्सकले बुधबार बिहान मृत घोषणा गरेका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।