१३ फाल्गुन २०७७, बिहीबार

आइटिएफका प्रशिक्षकलाई डान पदोन्नतिको अवसर

  प्रकाशित मिति
२८ श्रावण २०७६, मंगलवार ०७:२३


नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ)ले २२औं वार्षिकोत्सवको अवसरमा आफ्ना १९ प्रशिक्षक तथा खेलाडीलाई विभिन्न श्रेणीको अन्तर्राष्टिय डानमा पदोन्नति हुने अवसर प्रदान गरेको छ ।

आइटिएफले एकहप्ते वार्षिक उत्सव मनाउने क्रममा विभिन्न खेलाडी सम्मानसँगै पहिलोदेखि पाँचौँ डानमा खेलाडीलाई प्रमोशन हुने अवसर प्रदान गरेको हो ।
लगनखेलस्थित नेपाल आर्मीको तालिम तथा प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा चौथो डानका १३ खेलाडी र पाँचौं डानमा ६ खेलाडीको ग्रेडिङ परीक्षा लिएको थियो । उनीहरूलाई अन्तर्राष्ट्रिय ग्रान्डमास्टर (९औं डान प्राप्त) कोरियाली जो चोल होले चौथो र पाँचौंको ग्रेडिङ लिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटिएफ)का अध्यक्ष अञ्जन धमलाले जानकारी दिए ।

बेल्ट पदोन्नतीका खेलाडी १९ खेलाडी करिब एक महिनादेखि प्रशिक्षण गरिरहेको आइटिएफले जनाएको छ । पाँचौं डानको परीक्षा दिनेमा महासंघका उपाध्यक्षसमेत रहेका प्रशिक्षक विजय श्रेष्ठ, कोषाध्यक्ष बासुदेव भट्ट, प्रशिक्षकहरू निर्मला गुरुङ, चतुरलाल चौधरी, राजेन्द्र धिमाल र नीरबहादुर सारु छन् ।

त्यसैगरी, हनक लिम्बु, रोशन आचार्य, बबिता राजथला, मानबहादुर घर्तीमगर, शर्मिला महत, रूपसिंह मोक्तान, कुमार थापा, रितमान कामु, आकाशचन्द्र घर्तिमगर, चन्द्रबहादुर तामाङ, लिलाधर बस्नेत, धर्मराज कडेंल र गजेन्द्र कुमार थापाले अन्तर्राष्ट्रिय चौथो डानको परीक्षा दिएका हुन् । चौथो डान प्राप्त गरेका प्रशिक्षकले अन्तर्राष्ट्रिय इन्स्ट्रक्टरको मान्यता पाउनेछन् ।

अन्तर्राष्ट्रिय चौथो डान पाएपछि मात्र अन्तर्राष्ट्रिय प्रशिक्षकको मान्यता पाइनेछ । एकहप्ते उत्सवमा महासंघले यसअघि वर्षपुरुष र महिला खेलाडी, प्रशिक्षक, इन्स्ट्रक्टर र उत्कृष्ट जिल्लालाई सम्मान गरेको थियो । सशस्त्र प्रहरी बल (एपिएफ)का खेलाडी खत्री र गुल्मीकी सविना श्रेष्ठलाई समान ३३ हजार रुपैयाँ नगद पुरस्कारसहित वर्षखेलाडी २०७५ बाट सम्मानित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आरपी उपाध्याय, नवलपरासी पश्चिम नवलपरासीको सीमावर्ती गाउँपालिकाहरुमा पालिकास्तरीय खेलकुद प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरुको बहुआयामिक विकास कार्यलाई प्राथमिकता दिन थालिएको छ। प्रतापपुर

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बाग्मति प्रदेश समितिले आगामी चैत्र २२ गते ‘प्रथम किसुनजी राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाप म्याराथन

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले खेलाडीको स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल अस्पतालसँग सम्झौता गरेको छ । एन्फाले राष्ट्रिय फुटबल टोलीका

खेल सामाग्री उत्पादन संस्था केल्मी र नेपाल भलिबल संघबीच सहकार्य गर्नेगरि सम्झौता भएको छ । नेपालका लागि आधिकारिक विक्रेता केल्मी