टिचिङ अस्पतालको कार्डियोलोजी विभागमा आगलागी

टिचिङ अस्पतालको कार्डियोलोजी विभागमा आगलागी


महाराजगञ्ज (काठमाडौं)को टिचिङ अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागमा आगलागी भएको छ । विद्युत सर्ट भएर भवनको माथिल्लो तलामा आगलागी भएको प्रारम्भिक जानकारी मिले पनि विस्तृत विवरण प्राप्त भएको छैन ।

केही बेरअघि शुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।