भक्तपुरमा पाँच जुवाडे पक्राउ, चार हजार गाँजाको बोट फँडानी, ९५ लिटर घरेलु मदिरा नष्ट

भक्तपुरमा पाँच जुवाडे पक्राउ, चार हजार गाँजाको बोट फँडानी, ९५ लिटर घरेलु मदिरा नष्ट


भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ राधे राधेस्थित हरिबहादुर रानाभाटले सञ्चालन गरेको शुभकामना होटेलमा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । भक्तपुर महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले सोमबार तास खेलिरहेका ती व्यक्तिलाई पक्राउ गर्नुका साथै जुवाखालबाट रु. ३० हजार ६४० बरामद गरेको प्रहरी उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

त्यसैगरी उक्त परिसर र महानगरीय प्रहरी जगाती वृत्तबाट खटिएका २० प्रहरीले सूर्यविनायक नगरपालिका– ७ गुन्डु नयाँबस्तीस्थित सार्वजनिक जग्गामा रहेको चार हजार २ सय गाँजाका बोट नष्ट गरेको छ । प्रहरीले गाँजाका सबै बोट फँडानी गरी जलाएर नष्ट गरेको हो । प्रहरीले गुण्डु नयाँबस्तीमै ९५ लिटर घरेलु मदिरा नियन्त्रणमा लिई सोही स्थानमा नष्ट गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिनुभयो ।