भाजपा नेता अरुण जेटली सिकिस्त विरामी, आईसीयूमा भर्ना

भाजपा नेता अरुण जेटली सिकिस्त विरामी, आईसीयूमा भर्ना


भारतका पूर्ववित्तमन्त्री एवम् भाजपाका वरिष्ठ नेता अरुण जेटली सिकिस्त विरामी भएका छन् । विरामी परेपछि उनि अस्पताल भर्ना भएका हुन् ।

नेता जेटली दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को आईसीयूमा भर्ना भएका हुन् । उनको अहिले उपचार भइरहेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि जेटलीलाई शनिबार बिहानै अस्पताल लगिएको हो ।

नेता जेटली अस्पताल भर्ना भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी, स्वास्थ्यमन्त्री हर्षबर्धन लगायतको टोली उनलाई भेट्न अस्पताल पुगेका छन् । मोदी नेतृत्वको पहिलो सरकारमा ६६ वर्षीय जेट्ली वित्त मन्त्री थिए । यसअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।