यस्तो छ ओमानमा तिज मनाउने तयारी

यस्तो छ ओमानमा तिज मनाउने तयारी


■ आरके श्रीवास्तव, ओमान

ओमानमा नेपाली महिलाहरूले भव्य रुपले तिज मनाउने तयारी गरेका छन् । नेपाली महिला समूह ओमानले प्रत्येक वर्षझैँ यस वर्ष पनि भव्य रुपले तिज मनाउनका लागि तयारी शुरु गरेको हो ।

आगामी ३० अगस्ट २०१९ शुक्रबारका दिन राजधानी मस्कटस्थित अलमासा हल रूविमा बिहान ११ बजे तिज विशेष कार्यक्रम तय गरिएको आयोजक संस्था नेपाली महिला समूह ओमानले जनाएको छ । नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली महिलाहरू सम्मिलित संस्था महिला समुहले ूहामी नारी सबैको चिनारी, हामी नारी एक होऔूँ भन्ने नाराका साथ सातौँ प्रस्तुतिको रूपमा तिज आयोजन गर्न लागिएको हो । सो विशेष सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रूपमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाललाई आमन्त्रण गरिएको जनाइएको छ ।

ओमानमा कार्यरत नेपाली कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतीका साथ रमाइलो तीज कार्यक्रम मनाइने तयारी गरिएको सम्बद्ध पक्षको भनाई छ । उक्त कार्यक्रमलाई अझ भब्य र सभ्य बनाउनको लागि ओमानस्थित सम्पुर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरु, कलाकाहरु, विभिन्न वैचारिक तथा सामाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवी तथा पत्रकाहरुको गरिमामय उपस्थितिको लागि निमन्त्रणा गरिएको नेपाली महिला समूह ओमानकी अध्यक्ष मादी गुरूङले बताइन् ।

‘वर्षदिनको अन्तरालपछि तिजको लहर आयो बरीलै… ओमानमा नेपाली नारीहरुको मुहारमा हाँसो खुशी छायो बरीलै’ !!

यसैगरी ओमानको राजधानी मस्कटबाट करिब १ हजार किलोमिटर टाढा सललाह शहरमा बसोबास गर्ने नेपाली महिलाहरूले पनि भव्यता का साथ तिज मनाउने तयारी गरेका छन् । नेपाली महिला समूह ओमान सललाहको आयोजनामा तिज विशेष सांस्कृतिक कार्यक्रम २०७६ आयोजन गर्न लागिएको हो । ३० अगस्ट २०१९ शुक्रबार का दिन दिउँसो ३ बजे सललाहस्थित अल लुबन प्यलेस हलमा आयोजन हुने जनाईएको छ ।

कार्यक्रममा चर्चित लोक गायिका उमा श्रेष्ठ र हास्य कलाकार फुलन्देको आमा (उमेश राई) आउने निश्चित भएको सललाहबाट गिता थापाले बताइन् । प्रवासमामा रहेर पनि आफ्नो रीतिरिवाज वा संस्कृतिलाई निरन्तरता दिँदै महिला समुहले नेपाली नारीहरुको माहान चाड हरितालिका तिज चौथो पटक मनाउन लागेको हो । कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल पारिदिन सम्पूर्ण सललाहवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चुल्हैनिम्तो गरिएको आयोजक संस्थाले जनाएको हो ।