‘घले जातिको कला संस्कृति जोगाउन प्रतिबद्ध छौं’

‘घले जातिको कला संस्कृति जोगाउन प्रतिबद्ध छौं’


लिःल फङ (घले समाज) केन्द्रीय सांस्कृतिक तथा कलाकार बिभागको दोस्रो बार्षिक साधारण सभा एक कार्यक्रमका बीच शनिबार काठमाडौंमा सम्पन्न भएको छ । यो बिभाग लिःल फङ (घले समाज) अन्तर्गतको हो ।

कार्यक्रममा लिःल फङ (घले समाज) का अध्यक्ष समेत रहेका प्रमुख अतिथी अधिवक्ता दिनेशकुमार घलेले शुभकामना दिदैं केन्द्रीय सांस्कृतिक तथा कलाकार बिभागले घले जातिको कला र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए । उनले घले जातिको पहिचानलाई जिवन्त राख्न सबै लाग्नुपर्ने भन्दै घले जातिको कला संस्कृति जोगाउन आफैं अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा धादिङ जिल्लाका पूर्व सांसद धन बहादुर घले, केन्द्रीय महासचिब डा. जितबहादुर घले, उपाधयक्ष धन बहादुर घले, कतारका अध्यक्ष आयुष घले र महिला बिभागका अध्यक्ष पबित्रा घले, लमजुङका अध्यक्ष विरसिंह घले लगायतले शुभकामना राख्दै घले जातिको कला संस्कृतिलाई जिवन्त दिन सबैको सहयोग र सहकार्यको खाँचो रहेको बताए ।

कलाकार बिभागका अध्यक्ष हिमाल घलेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी कोषाध्यक्ष प्रतीक्षा घलेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने संस्थाका सचिब केन साप्री घलेले स्वागत मन्तब्य राखेका थिए ।

कलाकार बिभागकी महासचिब रिया घलेले संचालन गरेको कार्यक्रममा घलेहरुको कला संस्कृति झल्कने खालका मनोरनजनात्मक कार्यक्रम समेत भएको लिःल फङ घले समाज लमजुङका अध्यक्ष एवं समाजसेवी विरसिंह घलेले जानकारी दिए ।