अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत


राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक वर्ष ०७५/७६ मा स्वदेश र विदेशमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेता खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा असार मसान्तका दिन आयोजना गरिएको कार्यक्रममा ३४५ स्वर्ण, २५ रजत र ९२ कांस्य गरी कुल ४ सय ६२ पदकधारीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरियो । सो अवसरमा २३ लाख ७८ हजार नगद प्रदान गरिएको थियो ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, सदस्यत्रय उपेन्द्र पौडेल, इन्दिरा निरौला, राजेश गुरुङलगायतले खेलाडीलाई पुरस्कृत गरेका हुन् ।