मन्त्री पण्डितको राजीनामा माग्दै प्रदर्शन

मन्त्री पण्डितको राजीनामा माग्दै प्रदर्शन


संघीयताको मर्मविपरीत लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भन्दै खारेजीको मागसहित मंगलबार राजधानीमा प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामासमेत माग गरेका छन् ।

समानुपातिक, समावेशी सिद्धान्तविपरीत खुलाइएको लोकसेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको आरक्षण बचाऔँ आन्दोलनले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो ।

प्रदर्शनमा सहभागीले ‘सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर’, ‘लोकसेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’ लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरूले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी गरे । उनीहरूले संविधानविपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोकसेवा आयोगलाई दबाब दिएका छन् ।