सिलिन्डर समात्न खोलामा पस्ने चौधरी बेपत्ता

सिलिन्डर समात्न खोलामा पस्ने चौधरी बेपत्ता


काठमाडौंको मूलपानीमा पक्की घरको पर्खाल भत्किएर नजिकैको टहरामा खस्दा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

मूलपानी बाबाचोकमा रहेको बलराम खत्रीको पक्की घरको पर्खाल भत्किएर सँगै रहेको टहरामा खस्दा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा २० वर्षीया नीलु यादव, ३५ वर्षीया शर्मिला यादव र कुन्दन यादव रहेका छन् ।

टहरामा बस्दै आएका उनीहरू मजदुर रहेको बताइएको छ ।

यसैगरी बल्खु खोलाले बगाएर एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा विनोद चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरी बल्खु खोलाले बगाएर ल्याएको सिलिन्डर समात्न खोलामा पसेको बेला बाढीले बगाएर बेपत्ता भएका हुन् ।