राहुल गान्धी भन्छन्– म अब कांग्रेस पार्टीको अध्यक्ष छैन, ढिलो नगरी नयाँ अध्यक्ष छान्नुहोस्

राहुल गान्धी भन्छन्– म अब कांग्रेस पार्टीको अध्यक्ष छैन, ढिलो नगरी नयाँ अध्यक्ष छान्नुहोस्


लोकसभाको चुनाव २०१९ मा पार्टीले व्यहोरेको हारको जिम्मेवारी दिँदै गत मे २५ मा कंग्रेसको कार्यसमितिको बैठकमा अध्यक्ष पदबाट राजीनामा दिएका राहुल गान्धीले पार्टीले ढिलो नगरी नयाँ अध्यक्ष छान्नुपर्ने बताएका छन् । उनले अब आफू पार्टीको अध्यक्ष नरहेको भन्दै सो कुरा बताएका हुन् ।

पार्टीका वरिष्ठ नेताहरू राहुलको राजीनामाको विपक्षमा भएकाले त्यतिखेर उनको राजीनामा पार्टीले स्वीकार गरेको थिएन । उनीहरूले राहुललाई मनाउन सोनिया गान्धीसँग आग्रह गरेका भए पनि राहुल आफ्नो राजीनामामा अडिग रहेका छन् । सन् २०१७ मा कांग्रेसको अध्यक्ष बनेका राहुल हाल केरलाको वायनाडबाट सांसदसमेत रहेका छन् ।