आज भारी वर्षाको सम्भावना, हिमपात र बाढीपहिरोको सङ्केत

आज भारी वर्षाको सम्भावना, हिमपात र बाढीपहिरोको सङ्केत


मौसम पूर्वानुमान महाशाखाले आज आइतबार देशका अधिकांस ठाँउमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार देशका पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

आज मध्य र पश्चिमी भूभागका केही स्थानहरुमा सामान्यदेखि पूर्ण बदलि तथा पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रही पूर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम अझैँ २ दिन रहने भएको छ ।

पहिरोले नारायणगढ मुग्लिन सडकको जलविरे खण्डमा एकतर्फी मात्रै यातायात सञ्चालन भइरहेको छ । बेलुकी पखसमेत देशको पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदलि तथा पूर्वी र मध्य भेगमा आंशिकदेखि सामान्य बदली रही पुर्वका तथा मध्य थोरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च हिमाली भूभाग हरुमा हिमपातको सम्भावना समेत रहेको छ । उच्च हिमाली भूभागहरुको थोरै स्थानहरुमा हिमपात हुनसक्ने भएका कारण सो क्षेत्रमा सावधानी अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।