टोखा नगरस्तरीय विद्यालय खेलकुद शुरु

टोखा नगरस्तरीय विद्यालय खेलकुद शुरु


टोखा नगरपालिकाको आयोजनामा प्रथम मेयर कप अन्तरविद्यायलयस्तरीय खेलकुद प्रतियोगिता आजदेखि (६ असार) शुक्रबारदेखि शुरु भएको छ । प्रतियोगिता ११ गतेसम्म सञ्चालन हुनेछ । विभिन्न विद्यालयको समन्वयमा टोखा नगरले विद्यालयस्तरीय खेलुकद प्रतियोगिता आयोजना गर्न लागेको टोखा नगरका मेयर प्रकाश अधिकारीे जानकारी गराए ।

प्रतियोगितामा पुर्वप्राथमिक विद्यालयदेखि कक्षा १० सम्म विभिन्न चार खेलमा प्रतिस्पर्धा हुनेछ । जसमा फुटसल, दौड, ब्याडमिन्टन र रग्वी रहेका छन् । प्रतियोगितामा टोखा नगरका सामुदायिक तथा संस्थागत करिव ४० विद्यालयको सहभागिता रहने छ ।

पहिलो दिन फुटसलका खेलहरु आयोजना हुनेछ । दोस्रो दिन दौड हुनेछ । जसमा ५ कक्षासम्म १०० मिटर दौडमा छात्र, छात्रा, ५ देखि ८ कक्षासम्म २०० मिटरमा छात्र, छात्रा खुल्लामा मिनि म्याराथनमा छात्र, छात्रामा प्रतिस्पर्धा हुनेछ । तेस्रो दिन ब्याडमिन्टनमा कक्षा ८–१०, छात्र–छात्रामा प्रतिस्पर्धा हुनेछ । चौथो दिन पूर्वप्राथमिक तहका विद्यार्थीहरुबीच विभिन्न खेलमा प्रतिस्पर्धा हुनेछ । अन्तिम दिन ११ गते रग्वीमा छात्र÷छात्रामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक अर्जुन श्रेष्ठले जानकारी गराए ।