कुराँस च्याम्पियनसीपमा नेपाली टोली

कुराँस च्याम्पियनसीपमा नेपाली टोली


मित्रराष्ट्र थाइल्याण्डको पतैयामा आयोजना हुने ६ औं एशियन यु–२० जुनियर कुराश च्याम्पियनसिप तथा सोही अवसरमा आयोजना हुने एशियन कुराँस साधारण सभामा सहभागी हुन जाने कुराश टोलीलाई राष्ट्रिय खेलकुद परिषदकी सदस्य इन्दिरा निरौला तथा संघका अध्यक्ष एवं काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले संयुक्त रुपमा बिदाई गरे ।

एशियन कुराश महासंघको आयोजनामा जुन १७ देखि २१ सम्म आयोजना हुने यु–२० प्रतियोगितामा पुरुष ५५ केजीमा बिपल तुलाधर, ६० केजीमा शेरबहादुर घर्ती र महिला ५७ केजीमा कृती शर्माले प्रतिस्पर्धा गर्ने छन् । यस्तै प्रशिक्षकमा प्रताप घिसिङ, टोली नेतामा संघका उपाध्यक्ष दीपकबहादुर सिंह रहेका छन् ।

यस्तै सोही समयमा आयोजना हुने महासंघको साधारण सभामा संघकी महासचिव प्रतिक्षा खरेलले सहभागिता जनाउने संघले जनाएको छ ।