कति रकम पाउँछन् विश्वकपका क्रिकेट अम्पायरले ?

कति रकम पाउँछन् विश्वकपका क्रिकेट अम्पायरले ?


इंग्ल्यान्डमा सञ्चालन भैरहेको विश्वकप क्रिकेट प्रतियोगिता सफलताका साथ सञ्चालन गर्नका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले १६ जना अुनभवी अम्पायरको चयन गरेको छ । ती अम्पयारहरू आईसीसी एलीट पेनलबाट चयन गरिएका हुन् ।

क्रिकेटमा अम्पायरको भूमिका अहम मानिन्छ । तर क्रिकेट मैदानमा जति खेलाडीको चर्चा हुन्छ त्यति चर्चा अम्पायरको हुँदैन । भयो भने पनि सकारात्मक भन्दा नराकारात्मक नै बढी हुन्छ । त्यसैले आईसीसीले निकै अनुभवी र विवादरहित अम्पयारलाई क्रिकेट मैदानमा उतार्ने गरेको छ ।

यस्तो अवस्थामा आईसीसी प्यानलका अम्पायरहरूले वार्षिक कति तलब पाउँछन् भन्ने जिज्ञासा उठ्नु या चासोको विषय बन्नु स्वभाविकै हो । आईसीसी प्यानलको एक अम्पायरले अनुभवका आधारमा वार्षिक रुपमा तलब पाउँछन्, जसमा ३० देखि ४५ हजार अमेरिकी डलरसम्म तलबमान रहेको छ ।

त्यस्तै, वार्षिक तलबवाहेक आईसीसीले अम्पायरहरूलाई टी–२०, एकदिवसीय र टेस्ट क्रिकेटको लागि छुट्टै रकम निर्धारित गरेको छ । जस्मा टी–२० को लागि १ हजार डलरदेखि १ हजार ५ सयसम्म, एकदिवसीयको लागि २ हजार २ सय देखि ३ हजार डलर र टेष्ट म्याचका लागि ३ हजार डलरदेखि ४ हजार डलरसम्म अनुभवका आधारमा पाउने गरेका छन् ।

५० ओभरको विश्वकप क्रिकेट प्रतियोगिता एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत पर्ने भएकोले अम्पायरहरूले आफ्नो अनुभवको आधारमा रकम पाउँछन् । जो २ हजार २ सयदेखि ३ हजार डलरसम्म हुन्छ ।