सुकोकाई कप करातेमा सिमोनले प्रतिस्पर्धा गर्ने

सुकोकाई कप करातेमा सिमोनले प्रतिस्पर्धा गर्ने


भीकेएल सुकोकाइ कप कराते खुला च्याम्पियनसीपमा नेपालका कराते खेलाडी सिमोन खत्री प्रतिस्पर्धा गर्ने भएका छन् । जुन १६ तारिखमा मेलबर्नस्थित ग्लोरिया पाइक नेटबल कम्प्लेक्समा हुने प्रतियोगितामा सिमोनले पुरुष ८४ केजी तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

आफ्नो खेल करियरमा सिमोनले भारत, मलेसिया, श्रीलंका, जर्मनी, फिलिपन्स र जोर्डनमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेका छन् ।

सिमोनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट र नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले सफलताको कामना सहित विदाई गरेका थिए ।