स्कुलबसको झ्यालबाट टाउको निकाल्दा विद्यार्थीको मृत्यु

स्कुलबसको झ्यालबाट टाउको निकाल्दा विद्यार्थीको मृत्यु


सिन्धुलीमा स्कुलबसको झ्यालबाट टाउको निकाल्दा एक विद्यार्थीको मृत्यु भएको छ । सुनकोसी गाउँपालिका–५ मुलकोट भोटेखोलाको पुलस्थित बीपी राजमार्ग सडकखण्डमा बुधबार रातामाटाबाट मुल्कोटतर्फ जाँदै गरेको स्कुलबसको झ्यालबाट टाउको निकाल्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मृत्यु हुनेमा प्रगतिशील माध्यमिक विद्यालय रातामाटामा कक्षा ९ मा अध्ययनरत रामेछाप खाडादेवी गाउँपालिका–३ का १४ वर्षीय रमिस श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरीका अनुसार रमिस श्रेष्ठले बसको झ्यालबाट टाउको बाहिर निकालिएको अवस्थामा भोटेखोला लेखेको बोर्डमा टाउको ठोक्किँदा टाउकोमा गम्भीर चोट लागी घटनास्थलमै मृत्यु भएको हो । घटनापछि बस प्रहरीको नियन्त्रणमा रहेको छ ।