मधुसुदन र करिष्मा उत्कृष्ट

मधुसुदन र करिष्मा उत्कृष्ट


मधुसुदन भेटवाल र करिष्मा घिमिरे दोश्रो राष्ट्रिय योग खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुषमा मधुसुदन र महिलामा करिष्मा उत्कृष्ट भएका हुन् । दुवैले नगद ५ हजार पुरस्कार पाए ।

नेपाल योग खेलकुद संघद्वारा आयोजित प्रतियोगिताअन्तर्गत व्यक्तिगत स्पर्धाको यु–११ पुरुषमा विजय जिसी र महिलामा अनुश्री पुडासैनी, १२–१७ वर्षको पुरुषमा मनीष श्रेष्ठ र महिलामा करिष्मा घिमिरे, १८–३५ वर्षको पुरुषमा मधुसुदन भेटवाल र महिलामा मुना शर्मा तथा ३६ वर्षमाथि पुरुषमा विनोद सिंह र महिलामा दुर्गा पन्तले स्वर्ण जिते ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको प्रतियोगिताअन्तर्गत समूहगततर्फ १२–१७ वर्षको पुरुषमा निकेश ज्योति, बुद्ध गुरुङ र कुवेर थापा मगर तथा महिलामा आर्या मिश्र, साइका महर्जन र शिया अग्रवाल पहिलो भए । १८–३५ वर्ष पुरुषमा विनोद राई, रिन्चेन तामाङ र केदारनाथ बास्ताकोटी तथा महिलामा सन्जिता गुरुङ, विनु गुरुङ र शशि न्यौपाने पहिलो भए ।

विजेतालाई राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपकी सदस्य इन्दिरा निरौला, आयोजक संघका अध्यक्ष प्रा.डा. सूर्यबहादुर कार्की, महासचिव चूडामणि खरेललगायतले पुरस्कृत गरे । सो अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा १ सय ७१ खेलाडीले १२ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।