काङ्ग्रेससँग डराएर कम्युनिष्टले पार्टी एकता गरेका हुन् : गगन





नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले कम्युनिष्टहरुले काङ्ग्रेसँग डराएर पार्टी एकता गरेको बताएका छन् ।

जिल्लाको रामारोशन गाउँपालिकाको मुजाबगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेस बलियो पार्टी भएका कारण मात्रै नेकपा एमाले र नेकपा माओवादी केन्द्र डराएर एकता गरेको बताए ।

काङ्ग्रेस जनताको पार्टी भएकाले अब जनताले काङ्ग्रेसलाई नै साथ दिने नेता थापाको भनाइ थियो । उनले नेता तथा कार्यकर्तालाई नआत्तिन आग्रह गरे । वर्तमान अवस्थामा दुई पार्टी मिलेर पनि देशमा केही गर्न नसकेको नेता थापाको आरोप थियो । उनले वर्तमान सरकारले ल्याएका कार्यक्रम जनमैत्री नभएको उल्लेख गरे । युवालाई विदेशिनबाट रोक्न ठूला उद्योग र कलकारखाना सञ्चालनमा उनले जोड दिए ।

प्रतिक्रिया