दुबई बस दुर्घटनामा १७ जनाको मृत्यु

दुबई बस दुर्घटनामा १७ जनाको मृत्यु


दुबईमा एउटा यात्रुवाहक बस दुर्घटनामा पर्दा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेकाहरु विभिन्न देशका नागरिकहरु रहेको बुझिएको छ ।

ओमानमा दर्ता भएको सो बसमा ३१ यात्रु सवार थिए। शेख मोहम्मद बिन जाएन रोडमा राखिएको सङ्केतचिह्नमा बस ठोकिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य व्यक्ति घाइते भएक समाचार बीबीसीमा छ ।

भारतीय अधिकारीहरूका अनुसार दुर्घटनामा आठ भारतीय नागरिकको मृत्यु भएको छ । पचास वर्ष वरीपरीका बसचालक घाइते भएका छन् भने उनको अहिले उपचार हुँदैछ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

दुर्घटनाबारे आधिकारिकता र विवरण नआए सङ्केतचिह्न छल्न खोज्दा दुर्घटनामा परेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।