कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान

कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गरेका छन् ।

कांग्रेस ललितपुरले आयोजना गरेको एकमहिने राष्ट्रिय जागरण अभियानको शुक्रबार समापन गर्दै सभापति देउवाले कांग्रेसका कार्यकर्ता एक भएर अघि बढेमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । ‘कांग्रेसले मिडिया स्वतन्त्रता, मानवअधिकारलगायत विषयमा जोड दिनेछ,’ सभापति देउवाले भने, ‘देशभर नै अरू पार्टीबाट कांग्रेस प्रवेश गर्नेको संख्या बढेसँगै अर्काे निर्वाचनमा नेपाली कांगेसले सफलताका साथ विजय हासिल गर्ने देखिएको छ ।’

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद सुरेन्द्रराज पाण्डेले मुलुकलाई समृद्ध बनाउन सरकारमा कांगेसको अभाव खड्किएको जनताले गुनासो गरिरहेको जिकिर गरे । कांग्रेस जिल्ला सभापति मदनबहादुर अमात्यले महँगी, अनियमितता र भ्रष्टाचार नियन्त्रणमा कांग्रेस सदैव लागिपर्ने बताए । कांग्रेस तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले वर्तमान सरकारले प्रेस स्वतन्त्रता हनन गरेको आरोप लगाए ।