राष्ट्रियमा उसुमा सञ्जय र अस्मितालाई स्वर्ण

राष्ट्रियमा उसुमा सञ्जय र अस्मितालाई स्वर्ण


जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा आयोजित दोश्रो अन्तरक्लान खुला राष्ट्रिय उसु प्रतियोगिताअन्तर्गत छाङ छ्वानको पुरुषमा मनमैजु उसु क्वानका सञ्जयराज पुतुवार र महिलामा बलम्बु उसु क्वानकी अस्मिता श्रेष्ठले स्वर्ण जितेका छन् ।

नेपाल उसु संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भइरहेको प्रतियोगिताको नान छ्वानतर्फ पुरुषमा मनमैजुका अम्मरबहादुर पुलामी तथा महिलामा निन्जा उसु क्वानकी प्रेमकुमारी आलेमगर पहिलो भए ।

थाइची छ्वानको पुरुषमा शिअ उसु क्वानका जनक बुढा तथा महिलामा शिअकी सम्झना चौधरी पहिलो भए । पुरुष ताव सुमा मनमैजुका राजीव तामाङ, महिला नान कुन सुमा मनमैजुकी मन्जरी महर्जन, पुरुष नान ताव सुमा मनमैजुका अशोक बुढा मगर प्रथम स्थान हासिल गरेका छन् ।

त्यस्तै, महिला नान ताव सुमा निन्जाकी सीता ठाडा मगर, महिला थाइची चियनमा शिअकी स्वस्ती दहित, पुरुष थाइची चियनमा मनमैजुका मनीष बुढाथोकी, पुरुष नान कुन सुमा बुद्ध प्रकाश उसु क्वानका मनीष तामाङ र महिला चियन सुमा बुद्ध प्रकाशकी मुना शिरिष मगरले पहिलो स्थान हात पारे ।