सर्वोच्च नेताविरूद्ध भ्रम फैलाएको आरोपमा इरानी पत्रकारलाई जेल सजाय

सर्वोच्च नेताविरूद्ध भ्रम फैलाएको आरोपमा इरानी पत्रकारलाई जेल सजाय


इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीविरूद्ध गलत सूचना फैलाएको आरोप लगाएर इरानी अदालतले एक पत्रकारविरूद्ध दुई वर्षको जेल सजाय सुनाएको छ । जेल सजाय सुनाइएका पत्रकार मासौद खाजेमीमाथि खामेनी तथा इरानी अधिकारीविरूद्ध ‘गलत सूचना फैलाएको’ र ‘अपमानित’ गरेको अभियोग लगाइएको एएफपीले जनाएकोे छ ।

अदालतले अर्का पत्रकार मासौद खाजेमीलाई पनि आगामी दुई वर्ष ‘मेडीया गतिविधि’मा संलग्न हुनमा रोक लगाएको छ । पत्रकारको पक्षबाट मुद्दा लडेका वकील मोजताहेद जादेहलाई उद्धृत गरी इरानको राज्य सञ्चालित समाचार संस्था आइआरएनएले उक्त जानकारी दिएको छ ।

अदालती आदेशमा पत्रकार खाजेमीमाथिका अभियोगबारे प्रष्ट रूपमा अन्य विवरण उपलब्ध गराइएको छैन । सुधारवादी पक्षधर एक दैनिक पत्रिका शार्घका रिपोर्टर र सेडा–ऐ–पार्सी मासिक पत्रिकाका प्रधानसम्पादक समेत रहेका खाजेमीलाई दुई हप्ता पहिले पक्राउ गरी अनुसन्धान थालिएको थियो ।

यसैबीच कुनै पूर्व शर्तविना इरानसँग कुराकानी गर्न वासिङ्टन तयार रहेको आइतबार अमेरिकाले जनाएको छ । अमेरिकाले इरानका ‘गलत गतिविधि’लाई नियन्त्रण गर्न आवश्यक कदम चाल्ने कुरामा पनि इरानका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले जोड दिएका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले स्वीट्जरल्याण्डका विदेशमन्त्री इग्नाजिओ कासिससँगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिका कुनै पूर्व शर्तविना इरानसँग कुराकानी गर्न, उनीहरूसँग बसेर छलफल गर्न तयार रहेको जनाएका हुन् ।

तर उक्त इस्लामिक गणतन्त्रको ‘रिभोलुसनरी फोर्स’बाट हुने गलत गतिविधिलाई आधारभूत रूपमा नै पराजित गर्नेतर्फ भने अमेरिकी प्रयास जारी रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने उनले प्रष्ट्याएका छन् ।