नचलाई राखेको कारमा आगजनी

नचलाई राखेको कारमा आगजनी


काठमाडौं महानगरपालिका-१ नक्साल भगवतीवहालस्थित चौरमा विगत ८-९ महिनादेखि नचलाई राखेको कारमा आगजनी भएको छ । शनिबार गरिएको आगजनीबाट बा।२ च ११२९ नम्बरको तोप्ला युक्याप कम्पनीको कार जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

कार जलेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो । आगो लगाउने कार्यमा संलग्न रहेको आशंकामा दुईजनालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ ।

उता रुकुम ९पूर्व० र नवलपरासी ९पूर्व० मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २जनाको मृत्यु भएको छ । रुकुम (पूर्व) सिस्ने गाउँपालिका-७ स्थित सिस्नेरीमा रा.१ त २१४८ नम्बरको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर सवार जाजरकोट छेराघाट गाउँपालिका बस्ने ३३ वर्षीय भिमबहादुर खत्रीको मृत्यु भएको छ । उक्त ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्ले रूकुम (पश्चिम)तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यसैगरी नवलपरासी (पूर्व) कावासोती नगरपालिका-८ स्थित सडकमा लु.१ ख ६७४७ नम्बरको ट्रकको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका टरुवा बस्ने ५० वर्षीय बम बहादुर श्रेष्ठको काली गण्डकी अस्पताल हुँदै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।