अनलाइन पत्रकारमा सत्याल

अनलाइन पत्रकारमा सत्याल


अनलाइन पत्रकार सङ्घको अध्यक्षमा शिवप्रसाद सत्याल पुनः निर्वाचित भएका छन् । आज यहाँ सम्पन्न सङ्घको दशौँ साधारणसभाले सत्यालको अध्यक्षतामा आगामी दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेका हुन् ।

सङ्घको उपाध्यक्षमा कान्तिपुरका विजयराज खनाल, सचिवमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा, कोषाध्यक्षमा हाम्रा कुरा डटकमका गोविन्द अधिकारी रहेका छन् । यस्तै सदस्यमा सेतोपाटी डटकमका प्रकाश ढुङ्गाना, काठमाडौँ खबर डटकमका चण्डिका गुरागाईं, अन्नपूर्ण पोष्टका निर्दोष घोरसाइने निर्वाचित भएका हुन् ।