उपराष्ट्रपति पुन स्वदेश फिर्ता

उपराष्ट्रपति पुन स्वदेश फिर्ता


उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको भियनामा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी ‘आर–२० अष्ट्रियन विश्व सम्मेलन’मा सहभागी भइ आज स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले स्वागत अभिवादन गरे ।

उपराष्ट्रपति पुनको स्वागतका लागि नेपाल सरकारका उच्च पदस्थ अधिकारी र सुरक्षा निकायका प्रमुख विमानस्थल पुगेका थिए । सो अवसरमा उपराष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

अष्ट्रियामा रहँदा उपराष्ट्रपति पुनले त्यहाँका विशिष्ट व्यक्तिहरुसँग भेटघाट गर्नुका साथै इन्सब्रुकमा आयोजित सगरमाथा दिवस कार्यक्रममा सहभागी भएका थिए । सम्मेलनमा सहभागी हुन उनि यही जेठ १२ गते त्यसतर्फ गएका थिए । भ्रमण टोलीमा धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत सहभागी थिए ।