अष्ट्रेलियामा यसरी खुलिन् स्वस्तिमा

अष्ट्रेलियामा यसरी खुलिन् स्वस्तिमा


  • राजन घिमिरे, अष्ट्रेलिया

निकै स्मार्ट छिन् अभिनेत्री स्वस्तिमा खड्का । आकर्षक नृत्य र मन छुने अभिनयका निम्ति प्रशंसा कमाएकी स्वस्तिमालाई पछिल्लोपटक चलचित्र बुलबुलले चर्चामा ल्यायो । सस्ता बजारिया हल्लाको भरमा नभएर उत्कृष्ट कामका कारण दर्शकको मन जित्न सफल स्वस्तिमा गत हप्ता चलचित्र बुलबुलको विशेष प्रदर्शनीमा सहभागी हुन अष्ट्रेलियाको सिड्नी आइपुगेकी थिइन् ।

दोस्रोपटक अष्ट्रेलिया भ्रमणमा रहेकी उनी चलचित्र बुलबुलको दुई शो मा सहभागी भइन् । पहिलो शो सिड्नीबाट १७५ किलोमिटर टाढा रहेको न्यू कासल शहरमा भएको थियो । बाबा एजुकेशन कन्सल्टेन्सी र आरकेएस अष्ट्रेलियाले यो शोलाई प्रस्तुत गरेको थियो भने चलचित्रलाई इनरिच ऐजुकेसन कन्सल्टेन्सीले अष्ट्रेलिया भित्र्याएको हो ।

आफूलाई सुम्पेको भूमिकामा न्याय दिन निकै खुलेर अभिनय गर्ने स्वस्तिमा यसपटक जम्मा ४ दिन मात्र सिड्नी रहिन् । यो छोटो समयमा पनि उनले आफ्ना प्रशंसकहरूको मन जितिन् । ‘यस पटक ब्यस्त भएका कारण धेरै दिन बस्न सकिनँ, पुनः चाँडै अलि धेरै दिन बस्ने गरेर आउँछु’, उनले भनिन् ।

स्वस्तिमा यसपटक नेपालमा छायांकन भैरहेको चलचित्र घामट शेरको छायांकन रोकेर आएकी थिइन् । चलचित्रको प्रदर्शनीसँगै स्वस्तिमा अष्ट्रेलियाको समुन्द्री तटतिर पनि पुगिन् । समुन्द्री तटतिर निकै खुलेर प्रस्तुत भएकी स्वस्तिमाका केही आकर्षक तस्बिर हामीलाई प्राप्त भएका छन् ।