इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प


इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रबिन्दु बनाई आइतबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५ सय ७३ किलोमिटर गहिरो भागमा रहेको थियो ।

भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बताए । जमिनको सतहबाट निकै तल्लो भागमा भूकम्पको केन्द्र रहेकाले भूकम्पको धक्का कमजोर महसुस गरिएको पनि उनले बताए । इन्डोनेसियालाई भूकम्पका कारण निकै जोखिममा रहेको मानिन्छ ।