भारतीय कांग्रेस परिवारवाद र पैसाले चलेको मोदीको टिप्पणी

भारतीय कांग्रेस परिवारवाद र पैसाले चलेको मोदीको टिप्पणी


भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय कांग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गरेका छन् ।

शनिबार उडिसामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसको नाम उल्लेख नगरी ‘कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो’ भन्ने अभिव्यक्ति दिएका एएनआईले जनाएको छ ।

कांग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहनत गरेको दाबी गरे । कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन विताएको स्मरण उनले गरे ।

आफ्नो पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको प्रधानमन्त्री मोदीको भनाइ छ ।