गोवाका मुख्यमन्त्रीको निधन

गोवाका मुख्यमन्त्रीको निधन


भारतको गोवा राज्यका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता मनोहर पर्रिकरको आइतबार निधन भएको छ । ६३ वर्षीय नेता मनोहर लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए ।

भाजपाका नेता मनोहर केही समय भारतको रक्षामन्त्री पनि बनेका थिए । तर गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर उनी गोवाको मुख्यमन्त्री बनेका थिए । यसपछि उनलाई उनको पार्टीभित्र गोवाको संकटमोचक भन्ने विशेषणसमेत दिइएको थियो ।

दिवंगत मनोहरलाई भारतकै स्वच्छ छवि भएका सीमित नेतामध्येका एक मानिन्थ्यो । उनी उच्च ओहदामा रहेर पनि अत्यन्त साधारण जीवनशैली अपनाउँथे भने मानिसहरुसँग अति सरल रुपमा पेश हुन्थे ।

एएनआईका अनुसार पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताका साथै सिनेमा, खेल, कला क्षेत्रसँग जोडिएका व्यक्तिहरुले समेत शोक व्यक्त गरेका छन् ।