साताको राशिफल (फागुन २५-१ चैत २०७५, सन् २०१९ मार्च ९-१५)

साताको राशिफल (फागुन २५-१ चैत २०७५, सन् २०१९ मार्च ९-१५)


  • अनन्तश्री राजगुरु तथा जगतगुरु वीरेन्द्र परंहंस ज्योतिषाचार्य

साताको विशेष चाडपर्व :

विहीबार– अष्टमीव्रत, गोरखकालीपूजा, होलिकारम्भ, चीरोत्थान, विश्व मृगौला दिवस, शुक्रबार– चैत्र संक्रान्ति, विश्व उपभोक्ता अधिकार दिवस ।

साताको राशि फल :

मेष राशि – शनिबारको भागदौड र खर्च बढ्नेछ । आइतबार र सोमबारतिर शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । धर्मकर्ममा प्रवृत्ति बढ्ला । लामो दूरीको यात्रा हुन सक्ने सम्भावना रहनेछ । कुनै प्रकारको धोखा हुन सक्ने कुरामा सचेत रहनु पर्नेछ । मिठो भोजन मिल्नेछ । मंगलबार, बुधबार र विहीबारतिर नयाँ दायित्व मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । धन मान बढ्नेछ । राजकीय कार्य बन्नेछ । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । विजय मिल्नेछ । शुक्रबारतिर अन्नधन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै रोकिएको धन उठ्नेछ । सुख समृद्धि बन्नेछ । कार्यव्यपारमा सफलता मिल्नेछ ।

बृष राशि – शनिबारतिर चन्द्रमा बाह्रौँ स्थानमा भ्रमणशील हुनेहुँदा कुनै प्रकारको जोखिमप्रति सचेत रहनु उचित हुनेछ । स्वास्थ्यमा ध्यान राख्नुको साथै चोटपटकप्रति सचेत रहनु पर्नेछ । नियमकानूनलाई तोड्नु उचित नहोला । महत्वपूर्ण वस्तु नहराओस् भनेर ध्यान राख्नु पर्ला । आइतबार, सोमबार, मंगलबार, बुधबार र विहीबारतिर सुख सौभाग्यमा बढोत्तरी होला । यात्रापरक काम बन्नुको साथै ख्याति पनि फैलिनेछ । धार्मिक र जनकल्याणको कार्यमा सफल रहनुहुनेछ । राजकीय कार्य बन्ला । मनोकुलको काम बन्नेछ । विजयश्री मिल्नेछ । शुक्रबारतिर मनोकूलको काम बन्नेछ । नयाँ दायित्व पा्रप्त हुनुको साथै रहेको दायित्वलाई पूरा पनि गर्नुहुनेछ । चलिरहेको कार्यमा प्रगतिसँगै नयाँ कार्यमा पनि सफलता माल्नेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।

मिथुन राशि – शनिबार, आइतबार र सोमबारतिर सफलता प्राप्त होला । आयस्रोत बढ्ला । सुख आनन्द मिल्नेछ । साझेदारीसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । कार्यव्यापारमा सफलता मिल्ला । मिठो भोजन मिल्नेछ । हासविलासमा आकर्षण बढ्नेछ । मंगलबार, बुधबार र विहीबारतिर संयमित भई काम गर्नुपर्ला । कुनै प्रकारको लापर्वाही गर्नु र जोखिममा फस्नु उचित हुनेछैन । शारीरिक र आर्थिक कुरामा ध्यान राख्नु पर्नेछ । शुक्रबारतिर शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । यात्रा हुनेछ । सुख शान्ति बढ्नेछ । मान सम्मानमा बढोत्तरी होला । धर्मकर्मको कार्यमा सफल रहनुहुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ ।

कर्कट राशि – शनिबार र आइतबारमा आरोग्यता बढ्ला । कार्यव्यपारमा सफलता मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । आफन्तको सहयोग मिल्ला । पारिवारिक स्थितिमा अनुकूलता आउनेछ । सोमबार, मंगलबार, बुधबार र विहीबारमा सफलता समृद्धि वृद्धि होला । नयाँ कार्यमा सफलता मिल्नुको साथै सुख सम्पति आनन्द पनि बढ्नेछ । जीवनसाथीको सहयोग प्राप्त होला । मान महत्व बढ्ला । शुक्रबारतिर चन्द्रमा बाह्रौँ स्थानमा भ्रमणशील रहनेछ । खर्च बढ्ला । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । कुनै प्रकारको लापर्वाही गर्नु र जोखिमपूर्ण काममा लाग्नु बुद्धिमानी हुनेछैन । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्नेछ ।

सिंह राशि – साताको प्रथम दिनमा स्वास्थ्यमा ध्यान राख्नुपर्ला । नियमकानूनलाई उपेक्षा नगर्नु बेस रहला । आइतबार र सोमबारतिर शुभ काम हुनेछ । यात्रा होला । प्रेममा सफलता मिल्ने र इष्टमित्र सुख सन्ततिमा वृद्धि हुनेछ । कला, साहित्य, संगीत, बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता मिल्नेछ । मंगलबार र बुधबारतिर ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । धन सम्पत्ति बढ्नुको साथै आरोग्यतामा वृद्धि होला । विहीबार र शुक्रबारतिर सुख आनन्द यश सौभाग्य बढ्ला । मिठो भोजन मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्ला । आयस्रोत बढ्ला । लगानी उठ्नेछ ।

कन्या राशि – शनिबारको सुख सम्पति बढ्नेछ । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । आइतबार र सोमबारतिर अनावश्यक खर्च हुने र अनावश्यक यात्रा हुने सम्भावना रहनेछ । विवाद आदिमा नपर्नु उचित हुनेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यप्रति सचेत रहनुपर्नेछ । मंगलबार र बुधबारतिर शुभ र भाग्यवर्द्धक काम बन्नेछ । प्रेम पथको बाटो सहज हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । पारिवारिक सुख आनन्द बढ्ला । विहीबार र शुक्रबारतिर ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बढ्नेछ । नयाँ काम बन्नुको साथै रोकिएको काम पनि बन्नेछ ।

तुला राशि – साताको प्रारम्भिक तीन दिनमा विकासको नयाँ मार्ग देखापर्नेछ । आशा आँट उत्साह बढ्ला । प्रयासरत काम बन्नेछ । धन मान सुख ऐश्वर्य बढ्नेछ । चौंथो, पाँचौँ र छैठौँ दिनमा अरुको भर नपरी आफ्नै बुद्धि विवेकले काम गर्नुपर्नेछ । विवाद र जोखिममा नपर्नु बेस रहला । स्वास्थ्यप्रति सचेत रहँदै नियमकानूनलाई ध्यानमा राखेर काम गर्नु बेस होला । सातौँ दिनतिर भाग्योदय होला । शुभ काम बन्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्ला । सन्तान सुख बढ्ला । सुख आनन्द बढ्ला । विद्या बुद्धि बढ्ला ।

वृश्चिक राशि – साताको सुरुका पाँच दिन धन मानवर्द्धक रहला । आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफल हुनुहुनेछ । आँट उत्साह बढ्ला । सभासमारोहमा मान पुरस्कार मिल्नेछ । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको सहायता प्राप्त होला । विहीबारतिर मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । शुक्रबारतिर खर्च बढ्ने र भागदौड हुने सम्भावना रहनेछ । अरुको भर पर्नु र विवादमा फस्नु उचित हुनेछैन । जोखिमप्रति सचेत रहनु पर्ला ।

धनु राशि – साता शुभ र भाग्यवर्द्धक छ । उन्नति पदोन्नति हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । आर्थिक पक्ष सबल बन्नुका साथै विविध भौतिक साधनमा बढोत्तरी हुनेछ । मान पुरस्कार प्राप्त होला । लेखन प्रकाशन साहसिकता यात्रा कला साहित्य सङ्गीत चित्रकला शिल्पकला आदिसित सम्बन्धित काममा सफलता मिल्नेछ ।

मकर राशि – साताको प्रथम दिन अत्यन्तै शुभ रहला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । दोस्रो र तेस्रो दिन खर्च कारक र थकानदायक रहला । भागदौड भैरहला र मन अस्थिर रहला । धोखा हुने, सामान हराउने र भुलचुक हुने डर रहनेछ । चौथौ र पाँचौं दिनहरुमा शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मनोकूलको काम बन्ला । मिठो भोजन मिल्नेछ । सुख आनन्द मिल्ला । रसरागमा आकर्षण बढ्नेछ । अन्तिम दुई दिनमा आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । मान महत्व बढ्नेछ ।

कुम्भ राशि – साताको सुरुका तीन दिन अन्न धनवर्द्धक रहनेछ । आय वृद्धि होला । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्ला । चौथौ र पाँचौँ दिनहरुमा भागदौडमा बढोत्तरी होला र खर्चमा पनि वृद्धि हुनेछ । लापर्वाही नहोस् भनेर ध्यान राख्नुपर्ला । अन्तिम दुई दिन शुभ र भागयशाली सावित हुनेछ । कार्यमा सफलता मिल्नुको साथै मानसम्मान धन समृद्धिमा बढोत्तरी होला ।

मीन राशि – साताका सुरुका छ दिन उन्नति पदोन्नतिप्रदायक रहलान् । नेतृत्वप्रधान कार्य र राजकीय कार्यमा सफलता मिल्नेछ । नयाँ दायित्व मिल्नुको साथै नयाँ कार्यमा सफलता पनि मिल्नेछ । विजयश्री प्राप्त होला । शुक्रबारतिर खर्च बढ्नेछ । भागदौड बढ्ला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु बेस रहला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुनेछैन ।