गोदावरी संरक्षणमा सरकार उदासीन

गोदावरी संरक्षणमा सरकार उदासीन


-रविराज आचार्य
ललितपुर । गोदावरी सर्वगुणसम्पन्न क्षेत्र भए तापनि यसको संरक्षण र सम्पन्नताको राष्ट्रिय तथा अन्तर्रर्ााट्रय महत्त्व ओझेलमा परिरहेको कारण गोदावरीको मुटुमा खानीजन्य उद्योग गोदावरी मार्बल उद्योग सञ्चालन गर्न निहित स्वार्थ बोकेका स्थानीय असामाजिक तत्त्वहरू सक्रिय रहनु र त्यो सक्रियतामा माथिका मान्छे भनिनेहरू मन्त्रीका पीए, जिल्लाका नेता, केन्द्रीय नेतासम्मको संलग्नताले गोदावरी क्षेत्रका बासिन्दा क्रोधित बनेका छन् । यस पङ्क्तिकारले वनमन्त्री भानुभक्त जोशीसँग गोदावरी मार्बल खानीका सम्बन्धमा कुरा गर्न पीए अजय मानन्धरसँग समय माग्दा आलटाल गरी जनता भनेका को हुन् – जनताको परिभाषा के हो – भन्ने छुद्र टिप्पणी गर्नसमेत पछि परेनन् । जो एउटा वन प्राविधिक हो जसले भोलि उपभोक्ताको घरआँगन गर्नुपर्छ त्यस्तो छुद्रताले कसरी वन विकासका लागि वकालत गर्न सक्ला – अनि आज एउटा मन्त्रीको छेउमा बस्दा जनताको परिभाषा सोध्ने वन प्राविधिकका कुरा मन्त्री महोदयका लागि पाच्य होला या नहोला त्यो समयले बताउनेछ । वनको मान्छे वास्तवमै हो भने वन कटाउनेभन्दा जोगाउनेतर्फ लाग्नुपर्ने हो तर तिनै मानन्धरलर्ेर् इआईएसमेत गर्नु नपर्ने कर्ुतर्क टेलिफोन कुराकानीमा गर्न भ्याए । उनले भनेको कुरालाई साँचो मान्ने हो भने नेपाल सरकारबाट जारी भएका नीति, नियम, कानुन, परिपत्र केही कुरा पनि कसैले नमाने हुन्छ । राणाकाल, पञ्चायतकाल अझ त्योभन्दा अगाडिदेखि स्थापना भएका सरकारी निकाय एवम् अन्य सङ्घसंस्थाले आजका नीति-नियम त मान्नैपर्दैन । त्यस्तो कर्ुतर्क गर्ने पीए मानन्धर, यदि कुनै आर्थिक प्रलोभनमा फसेका छैनन् भने गोदावरीजस्तो महत्त्वपूर्ण ठाउँमा उत्खनन गर्नुपर्ने खानीजन्य उद्योग होइन पर्यटनको पूर्वाधारका लागि मन्त्रीलाई दबाब दिनुपर्छ । मन्त्रीज्यूको एक गलत निर्णयले गोदावरी मात्र होइन सिङ्गो उपत्यका जोखिममा पर्नेछ । ढुङ्गा बेचेर आजको भोलि कमाइ गर्न सकिने सिर्जनहीन स्थानीय जत्थाको आर्थिक प्रलोभनमा फसेर फेरि पनि भावी पुस्तालाई ढुङ्गा नै गुडाउन आह्वान गर्ने सोचमा रहेकाहरूको उद्देश्यलाई मृत बनाउन स्थानीय बासिन्दाको विरोध अनि उजुरीको प्रतीक्षा सम्बन्धित मन्त्रालयहरूले नगरी गोदावरीको विशिष्टताका लागि आफ्नो छातीमा हात राखेर मनन गर्नु अति उत्तम हुनेछ ।
साहसिक पर्यटन, जङ्गल सफारी, धार्मिक पर्यटन, जैविक पर्यटन र वर्षायाममा निस्कने यहाँको भूमिगत जलभण्डारको अनुसन्धान गर्ने हो भने मेलम्ची भनेर काठमाडौंवासीले घाँटी सुकाउन नपर्ने देखिन्छ ।
एउटा त्यो उद्योगभन्दा वर्ड कन्जरभेसन नामक संस्थाको महत्त्व गोदावरी भेगका जनतालाई बढी छ । गएको २/३ वर्ष अघिदेखि सो संस्थाले गोदावरी क्षेत्रका वन समूहहरूलाई २०/२५ लाख वारि्षक लगानी गरिरहेका छन् र त्यसबाट कम्तीमा १८ सय घरधुरी प्रत्यक्ष लाभान्वित भइरहेका छन् ।
गोदावरी क्षेत्रको सामाजिक सुरक्षासमेत काँढा बनेर रहेको सो खानी सञ्चालन गर्न पैसाले निर्णयकर्तालाई प्रभाव पार्ने दुष्प्रयास निन्दनीय छ । आज गोदावरी मार्बल खानीका कारण गोदावरी क्षेत्रको दिगो विकासमा ठूलो असर परिरहेको छ । यो कुरा गोदावरीको जनताले प्रत्यक्ष अनुभव गर्न सक्छन् । न कि कुनै राजनीतिक नेताका प्रशासनका हाकिमहरूले । त्यसर्थ गोदावरीको महत्त्व जे कुरामा छ त्यसैको विकास, जगर्ेना र उपयोग गर्नुपर्छ । राष्ट्रिय वनस्पति उद्यानका प्रमुखले गोदावरीको भौगोलिक संरचना पनि अद्वितीय रहेको बताएका थिए यस पङ्क्तिकारसँगको भेटमा ।
यतिखेर खानी खुलाउन खोज्ने स्वार्थीहरू गोदावरीको संरक्षण गर्न मार्बल खानी बन्द हुनुपर्छ भन्नेहरूको विरुद्धमा अनर्गल हल्ला चलाउन आफ्ना हनुमानहरूलाई प्रयोग गरिरहेका छन् । तर, तिनीहरूले आफ्नो नैतिक धरातल कहाँ छ भन्ने कुरा बिरि्सरहेका छन् । धरालत बिरि्सएर भुइँफुट्टा हुनेहरू एक दिन जमिनमा पछारिने अवश्यंभावी छ भने षड्यन्त्र र खुराफाती दिमागले २/४ करोड कमाए पनि भोलिका सन्ततीले धिक्कार्दा अनि वर्तमानले प्रहार गर्दा त्योभन्दा दुःखदायी र निर्लज्ज मृत्यु के होला –
विकृतपूर्ण राजनीतिको साम्राज्य खडा गरी ठूलो भएँ भन्ने भ्रममा रमाउँदा गाविसभित्रका संरचनाहरू कति ध्वस्त पारिए, के-के कुरामा कति कमिसन र घुस खाइयो अनि हिजो गुन्द्रुक, ढिँडो प्राप्त गर्न धौधो पर्नेहरू आज कसरी बासमती चामलको राइँदाइँ भइरहेछ भन्ने कुराको आंकलन गोदावरीका जनताले नगरेका होइनन् । मात्र केही रुपैयाँका लागि प्रकृतिमाथिको सामूहिक बलात्कारमा अट्टाहास गरिरहेकाहरू हिजोको काले, गोरेको परिचयलाई विस्थापित गरी जी र हजुरमा परिणत भए पनि त्यो आदरले अनादर गरिरहेछ भन्ने सद्बुद्धि पलाउने विवेक रहोस् ।
गोदावरीका युवाहरू आफ्नो महत्त्व र भोलिको आफ्नो भविष्यलाई कुनै स्वार्थी राजनीतिका अगाडि तेर्र्सो नपारी आफ्नो विवेक प्रयोग गर्दै भोलिको सुन्दर भविष्यको बाटोमा स्वस्फर्ूत लाग्नु आजको आवश्यकता हो । तसर्थ आफ्नो भोलिका सन्ततीलाई आफ्नो गाउँको स्वरूप सुन्दर रूपमा हस्तान्तरण गर्न संस्कारयुक्त नागरिकहरू, राजनीतिक दलका इमानदार कार्यकर्ता एवम् संस्कारहीन अनि फुटाउ र शासन गर भन्ने महान् वाणीका अनुयायीहरू आफूलाई सुधार्दै गोदावरीको संरक्षणले मात्र हाम्रो इतिहास जोगिन्छ भन्ने मूलमन्त्र जपेर गोदावरी मार्बल खानी सञ्चालन गर्न खोज्नेका विरुद्ध आँधी-बेहरी सिर्जना गरौँ ।
अन्तमा,
खानी विभागको भ्रष्ट आचरणका कारण हिजोको दिनमा स्वतः बन्द हुनुपर्ने खानी, बस्तीमाथि सञ्चालन गर्न इजाजत दिँदै हाल बन्द रहेको खानी पुनः खुलाउन ‘वातावरणीय असर नपर्ने गरी’ भन्ने जाली शब्द प्रयोग गर्दै नवीकरण गर्ने अनि यस खानीमा अप्रत्यक्ष आर्थिक लाभ प्राप्त गर्ने, गरेका या गर्ने सोच राखेका वा निश्वार्थ गर्न खोजेका सबै तह र तप्काका राजनीतिज्ञ -जो व्यापारी हुन्) प्रशासन -जो घुस्याहाको उपनाम) का हाकिम गोदावरी मार्बल खानी सञ्चालनमा ल्याउनु भनेको बलात्कारलाई वैद्यता प्रदान गर्नु जस्तै हो । तसर्थ यस्तो कुकृत्य सम्बन्धित निर्णयकर्ताबाट हुनेछैन भन्ने विश्वास गर्दै वर्षाको सिजन छ उक्त बलात्कृत क्षेत्रमा वृक्षरोपण कार्यक्रम सञ्चालन गरी हरियो बनाउने महान् कर्ममा जुटौँ । अन्यथा खानी खोल्ने निर्णय या दुस्प्रयास कहीँकतैबाट भए वातावरणको इतिहासमा नयाँ क्रान्तिको जन्म हुनेछ । सम्बन्धित सबैलाई चेतना भया ।