गरिमाद्वारा विदेशी मुद्राको खरिद बिक्री सेवा शुरु

गरिमाद्वारा विदेशी मुद्राको खरिद बिक्री सेवा शुरु


गरिमा विकास बैंक लिमिटेडले वैदेशिक मुद्राको कारोबार सुरुवात गरेको छ । बुधबार (माघ १६ गते) आयोजित एक कार्यक्रमबीच विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले बैंकको शाखा कार्यालय लाजिम्पाटबाट उक्त सेवाको शुभारम्भ गरेका हुन् ।

यस सुविधाअन्तर्गत विकास बैंकका ग्राहकहरूले परिवर्त्य विदेशी मुद्राहरू खरिद, बिक्री र पासपोर्टवापतको सटही सुविधा प्राप्त गर्नेछन् ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकको हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालनमा छन् ।