सुजाता कोइरालालाई सात प्रश्न



सुडान काण्डका प्रमुख मतियार मानिएका कृष्णप्रसाद सिटौलाले नेपाली काङ्ग्रेसका नेताहरूलाई सुडान काण्डमा भएको भ्रष्टाचारबारे आफूलाई थाहै नभएको र यस सम्बन्धमा आफूकहाँ उजुरी नआएको बताउनुभएको समाचार प्रकाशित भएको पत्रपत्रिका पढेपछि केही जिज्ञासाहरू पैदा भए । मेरो विचारमा आफैं सो काण्डमा मुछिएका व्यक्तिको विरोधमा उसैकहाँँ कसले उजुरी पठाउला ? र, पठाए पनि उहाँले कति हर्ेर्नुहोला ? हेरेको भए पनि सार्वजनिक रूपमा मुद्दा परिसकेको अवस्थामा त्यो कुरा कति खोल्नुहोला ? त्यो आफ्नो ठाउँमा छ तर यसै सम्बन्धमा अर्का काङ्ग्रेसका नेता सुजाता कोइरालाले दिनुभएको वक्तव्यबाट भने सुडान काण्डमा राजनीतिक संलग्नता भएको निकै हदसम्म पुष्टि हुन्छ । जसरी सुजाता कोइरालाले ‘सिटौलाजीले भ्रष्टाचार गर्नुभएकै छैन’ भनी काङ्ग्रेसको केन्द्रीय बैठकमा आफ्नो विचार राख्नुभयो, त्यसबाट एउटा कुरा के कुरा प्रमाणित हुन्छ भने सुडान काण्डबारे सुजाता कोइरालालाई राम्रोसँग थाहा छ । अख्तियार, अदालत र आमजनताले पनि यो हेक्का राख्नु जरुरी छ । थाहा नभएको व्यक्तिले यसरी कोही निर्दोष छ वा छैन भन्नेे कुरो स्पष्टसँग भन्नै सक्दैन । सुजाताको बयानपछि जनतालाई लागिरहेको छ कि यो काण्डमा उनको पनि पूरापूर संलग्नता छ । यदि छैन भने सुजाता कोइरालाले निम्न सात प्रश्नको चित्तबुझ्दो जवाफ दिनुपर्छ ।
१. सुजाताजी, तपाईंलाई सुडान काण्डबारे यसरी आन्तरिक कुरा कसरी थाहा भयो जसको ज्ञानद्वारा तपाईं कसैमाथि लागेको आरोप झुटो हो भनी आत्मविश्वासका साथ भन्न सकिरहनुभएको छ ?
२. तपाईं गृहमन्त्री नभएको व्यक्तिले प्रहरीको कोषबाट खर्च गरिएको रकम सिटौलाजीकहाँ पुगेको छ या छैन भनेर कसरी भन्न सक्नुभयो – के प्रहरीहरूले सबै कुरा तपाईं थाहा दिएर मात्र गर्थे ?
३. यदि सिटौलाजीकहाँ यो पैसा नपुगेको भए कसकहाँ पुग्यो होला त ? खुलाइदिनुहोस् ।
४. यदि राजनीतिक वृत्तमा त्यो पैसा नपुगेको हो भने प्रहरीभित्र मात्र त्यो पैसा पुगेको छ भन्ने कुरा तपाईंलाई कसरी थाहा भयो त –
५. सुडान काण्डमा तपाईं र तपाईंको ज्वाइँलाई पनि शङ्काको घेरामा राखिएको छ, अतः कृष्णप्रसाद सिटौलाको संलग्नता छैन भने के तपाईंहरू संलग्न हुनुहुन्छ भनेर मान्न सकिन्छ ?
६. उक्त काण्डमा खरिद-बिक्री कार्यमा प्रत्यक्ष संलग्न रव्रि्रताप राणा नामका एसएसपीले त्यसबखतको खरिदमा आईजीपी र सिटौला -मन्त्री) संलग्न भएको बयान अख्तियारमा दिइसकेका छन् । तिनको कुरा झुटो सावित गर्न तपाईंसँग के प्रमाण छ ?
७. नेपाली काङ्ग्रेसको छविमै नकारात्मक असर पुर्‍याइरहेको यो काण्डमा नायक कृष्णप्रसाद सिटौलाको पार्टीभित्रैबाट समेत सर्वत्र विरोध भइरहेको अवस्थामा तपाईंले पनि वास्तविकता खोज्नतिर लाग्नुपर्नेमा त्यो नगरी सिटौलाको समर्थनमा जसरी बोलिरहनुभएको छ, त्यसबाट तपार्इं र सिटौला दुवै यो भ्रष्टाचारमा संलग्न हुनुहुन्छ भनी किन नमान्ने ?
यदि माथिको प्रश्नको सन्तोषजनक जवाफ सुजाता कोइरालाले दिन सक्नुभएन भने यो काण्डमा उहाँको पनि संलग्नता छ भनेर मान्न सकिन्छ । राजनीतिक संलग्नताको जहाँसम्म प्रश्न छ, त्यसलाई पुष्टि गर्न काङ्ग्रेसकै सदस्य सम्मिलित जगदीश नरि्सङ केसीसमेत सदस्य भएको राज्य व्यवस्था समितिको रिपोर्ट नमान्ने हो भने पनि सुजाता कोइरालाले भर्खरै काङ्ग्रेस पार्टीमा बोल्नुभएको कुराले यो संलग्नता सत्प्रतिशत पुष्टि गरेको छ । अब नेपाली काङ्ग्रेस पार्टीले आफ्नो पार्टीभित्रको शुद्धीकरण गर्न नसके आउने दिन सो पार्टीलाई सुडान काण्डले नै जनताको नजरमा नराम्रोसँग गिराउने पक्का छ ।
-राजकुमार तामाङ, बालाजु, काठमाडौं

करङको माया नगरी जवाफ खोजौँ
आजभोलि प्रत्येकजसो ठूला भनिएका दलका नेताहरू, यो परिवर्तनलाई ल्याउन आफूले प्रमुख भूमिका खेलेको भनिठान्ने बुद्धिकर्मी, सञ्चारकर्मी, रङ्गकर्मी र यस्तै विभिन्न कर्मीका अभिव्यक्तिमा निरन्तर सामेल हुने साझा वाक्य हो, ‘अग्रगामी नयाँ नेपालको निमित्त परिवर्तन भएको छ, यसले ठूलो उपलब्धि हासिल भएको छ ।’ यस परिवर्तनलाई जनबल मान्ने र ठान्ने सर्वसाधारणको पनि कमी छैन । कोही उन्नाइस दिनको आन्दोलनको दुहाइ दिन्छन् त कोही दशवर्षे जनयुद्धको । यो नेपाली जनता सार्वभौम भएको, अभिव्यक्ति स्वतन्त्रता पाएको समयमा यी कुराको मूल्याङ्कन कठिन छ । किनकि सर्वसाधारणले अभिव्यक्ति स्वतन्त्रता पाएसँगै केहीले कसैको करङ भाँच्ने अग्राधिकार पनि पाएका छन् । परिवर्तनका अग्रमोर्चामा रहेका सञ्चारकर्मीमा कसैले धम्कीको रूपमा कसैले आफ्नो करङ सोभ\mयाएर तथा कसैले यो संसारबाटै बिदा लिएर यस अग्राधिकारको महसुस गरिसकेका छन् । सर्वसाधारणको कुरा त धेरै पछि आउँछ तर ठूला भनिएका दल, आफूलाई विभिन्न नामको अगुवा भनाउनेहरू पनि यस रापबाट अछुतो बचेका छैनन् ।
सुन्दर भविष्यको मृगतृष्णामा आफ्नो आजलाई झुल्स्याउन सार्वभौम मनिएका नेपाली जनता बाध्य छन् । आफ्नै आँखाअगाडि केही समय पहिले हरितन्नम अवस्थामा रहेकाहरू कुन अज्ञात वा अदृश्य पेसा गरेर हो कुन्नि अथाह सम्पत्तिका मालिक भएका छन् । यस सूचीमा राजनीतिकर्मीहरू मात्र छैनन्, नागरिक समाजका अगुवा भनाउनेहरू, शिक्षकहरू, पत्रकारहरू, गाडीका परिचरहरूको पनि प्रतिनिधित्व छ । अझ जातीय सङ्गठन गर्ने गैरसरकारी संस्थाहरूका सञ्चालकमध्ये कोही-कोही त युरोपेली सम्पन्नताको स्तरमा पुगिसकेका छन् । तर, यस्ता धेरै कम छन्, नवसम्पन्नताको शिखरमा विराजमान आफ्ना दौंतरीमाझ झन्झन् तन्नम हुँदै गएको आफ्नो आर्थिक अवस्थाका साथ रहनेहरूको सङ्ख्या प्रसस्त छ । यस्ताहरूको कमाइलाई वैधानिकता दिन सरकारले स्वेच्छिक कर घोषणा कार्यक्रम नियमितजसो नै ल्याउने गर्छ । यसअन्तर्गत आयस्रोतको जानकारी नदिई कर मात्र तिरेपछि फार्सर्ेेाइन्छ ।
यो सब अवस्थामा तीव्रता संसद्वादी र माओवादीको सहकार्यपछि आएको हो । नेपालबाट हिन्दूराष्ट्रको अवधारणा समाप्त पार्नु थियो, नेपाली-नेपालीबीचको विश्वमै अनुपम रहेको एकता तोड्नु थियो, विदेशी गुलामीबाट नेपाललाई हमेसा बचाइआएको राजतन्त्र पाखा लगाउनु थियो, यो सहकार्य सम्भव भयो । अब जब नेपाललाई आफ्नै खुसीले धर्मनिरपेक्ष घोषणा गरी सकियो, एकै टोलमा सुख-दुःख समानरूपले बाँडेर बसेका छिमेकी-छिमेकीबीच वैमनश्यताको बिरुवा उमारिसकियो र राजतन्त्रलाई पाखा लगाइसकियो भने सहकार्यको औचित्य समाप्त भएको महसुस सहकार्य गर्नेहरूबाटै भएको छ ।
महान् उपलब्धि प्राप्त भएको र यसलाई संस्थागत गर्ने कुराको यत्रो हल्ला भइरहेको बेलामा यी उपलब्धिको समीक्षा आवश्यक छैन र ? आफ्ना करङको मायाले वा यो नश्वर संसारबाट अहिल्यै बिदा लिन मन नभएर यसको समीक्षा नगर्नु आफ्नै आत्मा मार्ने काम हो । यस कथित शान्तिप्रक्रिया जारी रहेको कालखण्डमा नेपालीले के-के उपलब्धि हासिल गर्‍यो त्यसको लेखाजोखा आवश्यक भइसकेको छ । सर्वत्र आलोचित भएर अधिकांश जनताले घृणा गर्न थालिसकेको वर्तमान संविधानसभाको काइते म्याद थपाइ र त्यसलाई जनताको विजय भन्ने नाम दिने अहिलेका नवधनाढ्यहरूलाई त यो उपलब्धि महान् हुन सक्ला तर के यो उपलब्धि जनताले पनि महान् मान्न लायक छ त ?
कहिल्यै धार्मिक झगडा नभएको मुलुकमा धार्मिक वैमनश्यता बढेर गएको छ यसलाई उपलब्धि मान्न सकिन्छ र ? आज नेपालको कुनै पनि स्थान एकैसाथ विभिन्न स्वायत्त राज्यको साइनबोर्डले सजिएको छ, एउटै स्थान मधेस प्रदेश, कोचिला राज्य, थरूहट, लिब्बुवानजस्ता धेरै नामले पुकारिँदै छ भोलि त्यो स्थान नपाउनेले गर्ने सङ्घर्षले निम्त्याउने धनजन क्षतिको आशङ्काले जनता आक्रान्त छन्, के यो उपलब्धि हो ? करिब-करिब आत्मनिर्भर भइसकेको मुलुक अहिले परमुखापेक्षी भएको छ । नेपाली पाखुरीले विदेशमा विकट श्रम नगर्ने हो भने अर्थतन्त्र गर्ल्यामगर्ुर्लुम ढल्छ भन्ने विश्लेषण यसै अग्रगामी नेतृत्वका अर्थशास्त्री तथा अर्थमन्त्रीहरूको हो । के आत्मनिर्भरता समाप्त हुनु उपलब्धि हो ?
विगतमा भन्दा अहिले शान्तिसुरक्षा कायम भएको दाबीको सामुन्ने विभिन्न जिल्लाका गाविससचिवले सुरक्षाको कारण देखाएर दिएको राजीनामा के सरकारलाई उनीहरूको खोक्रो धम्की मात्र हो त ? द्वन्द्वकालमा विस्थापित भएका कति प्रतिशत महसुल काउन्टरहरू पुनर्स्थापित भए त – अझै एक वा दुई दिनको बाटो हिँडेर महसुल बुझाउन आएका समाचार आम छन् । त्यसबेला विस्थापित भएका कति बैंकहरूले आफ्नो शाखा फेरि स्थापना गरे, यसको लेखा कसैसँग छ त ? अरू त अरू स्वयम् सुरक्षाचौकीहरू नै कति पुनर्स्थापना भए र कति सुरक्षित छन् कसैले बताउन सक्छ ? र सबैभन्दा अहम् प्रश्न सर्वसाधारणले अभिव्यक्ति स्वतन्त्रता पाएको उपलब्धि गन्ती गराइरहँदा अरू त छोडौँ स्वयम् सञ्चारकर्मीहरूले त्यो उपलब्धि कत्तिको उपभोग गर्न पाएका छन् त – कि गत आन्दोलनमा भर्‍याङको काम गरेको सञ्चारजगत्लाई आफ्ना विरोधीहरूले पनि भर्‍याङ नबनाउन भनेर यसलाई समाप्तै गर्न खोजिएको हो, किंबदन्तीमा ताजमहल बनाउने कालिगढको हात काटे भैँm ? यी प्रश्नको उत्तर आफ्ना करङको माया नगरी खोज्न सबै लाग्नुपर्ने अवस्था छ । उपलब्धि भए त्यसको उपभोग सबैले गर्न पाउनुपर्छ, यदि यी उपलब्धि होइन भने केको संस्थागत ? एकचोटि जगत जोेशी, ज्ञानेन्द्र खड्का, डेकेन्द्र थापा, वीरेन्द्र साह वा उमा सिंहको आत्मालाई सोध्ने हो कि ?
– स्वयम्भूनाथ कार्की, विराटनगर-१

प्रतिक्रिया