ऊर्जा बैंकिङ सम्बन्धी निर्णय

ऊर्जा बैंकिङ सम्बन्धी निर्णय


नेपाल–भारत ऊर्जा तथा जलस्रोत समितिको पोखरामा आयोजित बैठक उर्जा बैंकिङ सम्बन्धमा निर्णय गर्दै आज सकिएको छ ।

दुई दिने सो बैठकमा ऊर्जा बैंकिङको विषयलाई प्रक्रियागतरुपमा अघि बढाउने सम्बन्धमा निर्णय भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिए ।

सम्झौतासँगै नेपालमा ऊर्जा उत्पादन हुँदै गइरहेको अवस्थामा दुई देशबीच विद्युत् आदानप्रदानलाई सहज बनाउनुका साथै बजारमा पहुँच वृद्धि हुने भएको छ । साथै ठूला आयोजना बन्ने सम्भावनाका साथै नेपालको आर्थिक वृद्धिमा पनि टेवा पुग्ने विश्वास लिइएको छ ।