स्वदेशी कपडा उद्योग फष्टाउँदै

स्वदेशी कपडा उद्योग फष्टाउँदै


नेपालमा स्वदेशी कपडा उद्योग फष्टाउँदै गएका छन् । कुनै बेला औलामा मात्रै गन्न सकिने कपडा उद्योगहरु अहिले बिराटनगर, भैरहवा, बिरगञ्ज, झापा लगायत मुलुकका विभिन्न भागहरुमा छरिएर रहेका छन् । आत्मनिर्भरको बाटोमा अघि बढेका नेपाली कपडा उद्योगलाई सरकारले हेर्ने दृष्टिकोण पनि फरक छ ।


मुलुकभित्रको आन्तरिक माग धान्न सक्षम नेपाली उद्योगहरु चोरी पैठारीबाट आउने कपडा र भारत र चीनबाट आउने कपडाका कारण प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । उद्योगीहरुले यसका लागि सरकारसँग सहुलियत मागिरहेका छन् । लगानीमैत्री वातावरण नहुनु, भारत र चीनको तुलनामा उत्पादन लागत बढी पर्नु र न्यनू बिजकीकरणजस्ता समस्याका कारण स्वदशेी उद्योगले अपेक्षित उत्पादन गर्न नसकेको नेपाल कपडा उद्योग संघको भनाई छ ।


नेपाली कपडाको गुणस्तर आयातितभन्दा धेरै गुणा राम्रो भएको संघका उपाध्यक्ष जीतेन्द्रकुमार लोहिया बताउँछन् । तर, व्यवसायीहरूले नेपाली कपडालाई विदेशी भन्दै महँगोमा बेच्ने र गुणस्तरहीन आयातित कपडालाई नेपाली भन्ने गरेकाले स्वदेशी उत्पादनप्रति मानिसको विश्वास घट्दै गएको उनको भनाइ छ ।


यसै पनि यहाँका उद्योगले चर्को ऊर्जा सङ्कट र दक्ष जनशक्ति अभावजस्ता समस्या खेपिरहेका छन् । हालको अवस्था कायम रहेमा बाँकी कपडा उद्योगहरूसमेत आगामी २ वर्ष्भित्र बन्द हुने अवस्थामा पुग्ने क्षेत्रीको तर्क छ । नेपालका अधिकांश कपडा उद्योग निजीक्षेत्रबाट सञ्चालनमा आएका छन् ।


आवश्यक कच्चा पदार्थ नेपाली कपडा उद्योगले आवश्यक कच्चा पदार्थ विदेशबाट आयात गर्छन् । यी उद्योगहरूले विदेशबाट कच्चा पदार्थ आयात गरी तयारी कपडासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।