अन्नपूर्ण केबलकारको निर्माण तीव्र गतिमा

अन्नपूर्ण केबलकारको निर्माण तीव्र गतिमा


पोखराको पर्यटन प्रवद्र्धन र थप सौन्दर्य वृद्धिका लागि महत्वपूर्ण आकलन गरिएको बृहत आयोजना अन्नपूर्ण केबलकारको निर्माणकार्य तीव्र गतिमा भइरहेको छ ।

व्यवसायी कालु गुरुङ समूहको ८५ र जापानिज समूह मियाहराको १५ प्रतिशत लगानीमा गत वर्षदेखि केबलकार निर्माण शुरु गरिएको हो । केबलकार निर्माण सम्पन्न भएपश्चात् पोखराको पर्यटन प्रवद्र्धनमा वृद्धि हुने कम्पनीको विश्वास छ ।

जापानिज कम्पनी र नेपाली लगानीकर्ताको लगानीमा सुन्दर तथा पर्यटकीय शहर पोखराको फेवाताल किनाराको सेती बगरदेखि सराङकोटसम्मको सो केबलकार आगामी वर्षदेखि सञ्चालनमा आउने बताइएको छ ।

२ हजार १ सय मिटरको दूरीमा १४ वटा पोल रहने उक्त केबलकारमा ७ देखि ९ मिनेटसम्मको यात्रा हुने कम्पनीले जनाएको छ ।

इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण ठेक्का पाएको चितवन कोईले निर्माणकार्य तीव्र गतिमा भइरहेको बताइएको छ ।