शुभ शर्माको अध्यक्षतामा स्पोर्टस् कमिटी गठन

शुभ शर्माको अध्यक्षतामा स्पोर्टस् कमिटी गठन


मदन भण्डारी स्पोर्टस् एकेडेमीले शुभ शर्माको अध्यक्षतामा १६ सदस्यीय काठमाडौं क्षेत्र नं. ४ कमिटी गठन गरेको छ ।

उक्त कमिटीको उपाध्यक्ष अर्जुन गुरुङ, रूपेश केसी र राजेश श्रेष्ठ, सचिवमा दीपेन्द्र पुडासैनी, सहसचिवमा बाबुराम काफ्ले र कोषाध्यक्षमा एनथोनी खान रहेका छन् । विनोद बुढाथोकी, विनोद प्रजापति, मोहन गुरुङ, जगत लामा, सनिश नेपाली, रोहित ढुंगेल, सुशान लामा, बुलेट छिरिङ शेर्पा र जितेन मगर सदस्यमा चयन भए ।

उनीहरूलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपानेलगायतले बधाई दिए ।