प्रहरीको गोली प्रहारबाट एक तस्करको मृत्यु

प्रहरीको गोली प्रहारबाट एक तस्करको मृत्यु


रुपन्देहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । रुपन्देहीको शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेपछि जवाफी कारबाहीमा प्रहरीले पनि गोली चलाएको हो ।

प्रहरीका अनुसार जवाफी कारबाहीमा एक जना तस्करको मृत्यु भएको प्रहरीको दावी छ । मारिनेमा अन्दाजी ३०/३५ वर्षका पुरुष छन् । मृतकको परिचय खुलेको छैन । भारतीय मोटरसाइकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथी नै गोली चलाएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

रुपन्देही प्रहरीका अनुसार गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ ।