१० कार्तिक २०७७, सोमबार

इजिप्टमा चालिस आतङ्कवादी मारिए

  प्रकाशित मिति
१४ पुष २०७५, शनिबार १५:३७


पर्यटक बसमाथि शुक्रबार साँझ बमद्वारा आक्रमण गर्ने शंकास्पद ४० जना आतङ्ककारी इजिप्ट प्रहरीको कारबाहीमा शनिबार मारिएका छन् ।

आतङ्कवादी आक्रमणमा तीन जना भियतनामी पर्यटक र एक जना इजिप्टका पथप्रदर्शकको ज्यान गएको थियो । बसमा यात्रारत अरु ११ जना भियतनामी पर्यटक र बसका चालक घाइते भएका प्रहरीले जनाएको छ । प्रहरीले शंकास्पद स्थानहरुमा छापा मारेको थियो ।

इजिप्टका पिरामिडहरु रहेको गीजा शहर पर्यटकहरुका लागि आकर्षक भ्रमण स्थल हो । इजिप्टको गृह मन्त्रालयले गीजामा भएको प्रहरी कारबाहीमा ३० जना र उत्तरी सिनाईमा १० जना आतङ्ककारी मारिएको जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिमा आतङ्ककारीहरुले सरकारी निकायहरु, पर्यटकीय संस्थाहरु र चर्चमा आक्रमण गर्ने योजना बनाएको उल्लेख छ । राष्ट्रिय सुरक्षा निकायहरुले आतङ्कवादी हमला हुने सूचना पाएका थिए । उनीहरुको मुख्य निशाना पर्यटन, सशस्त्र बल, प्रहरी र इसाई समुदायका प्रार्थना स्थलहरु रहेका थिए ।

एउटा सुरक्षा स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार प्रहरीले शनिबार बिहानै छापा मारेको थियो । यद्यपी, बम आक्रमणको कसैले जिम्मेवारी लिएको छैन । पर्यटकमाथि लक्षित गरिएको सन् २०१७ पछिको यो पहिलो आक्रमण हो ।

पर्यटन व्यवसायी साइगोन टुरिस्टका अनुसार भियतनामी पर्यटकहरु साँझको खानाका लागि होटलतर्फ फर्कदै गर्दा आक्रमणमा परेका थिए ।

जुलाई २०१७ मा शंकास्पद जिहादीहरुले हुर्घादा भन्ने स्थानमा दुई जना जर्मन पर्यटकलाई छुरा प्रहार गरी हत्या गरेका थिए ।

त्यस्तै अक्टोबर २०१५ मा इस्लामिक स्टेट समूहसँग आबद्ध स्थानीय लडाकूको आक्रमणबाट सिनाई प्रायःद्वीपमा २२४ जना यात्रुको ज्यान गएको थियो ।

pic:afp



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै

■ प्रमिला पान्डे दशैँले छपक्कै छोप्योको थियो गाउँलाई । जमरा राखिसकियो । केही दिनमै फूलपाती, अष्टमी, नवमी, दशमी गन्दागन्दै पूर्णिमा

■ तिलक पौडेल शरद ऋतु जब आयो, वृष्टिले छुट्टि पायोस गगन झलमलायो, मेघ माला बिलायो ।।जल बिमल गरायो, गैर हिलो

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख ३० हजार विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको