१० कार्तिक २०७७, सोमबार

मूल्यवृद्धिविरुद्धको प्रदर्शनमा सुडानमा १९ को मृत्यु

  प्रकाशित मिति
१३ पुष २०७५, शुक्रबार ०९:१४


सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दंगा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरीसहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् ।

सुडानका सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिए । उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् ।

गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कंग्रेस पार्टी (एनसीपी) को मुख्यालयमा आगजनी गरेपछि कफ्र्युसमेत लगाइएको थियो । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् ।

सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै

■ प्रमिला पान्डे दशैँले छपक्कै छोप्योको थियो गाउँलाई । जमरा राखिसकियो । केही दिनमै फूलपाती, अष्टमी, नवमी, दशमी गन्दागन्दै पूर्णिमा

■ तिलक पौडेल शरद ऋतु जब आयो, वृष्टिले छुट्टि पायोस गगन झलमलायो, मेघ माला बिलायो ।।जल बिमल गरायो, गैर हिलो

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख ३० हजार विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको