साताको राशिफल (२९ मङ्सिर–६ पुस ०७५, १५–२१ डिसेम्बर २०१८)

साताको राशिफल (२९ मङ्सिर–६ पुस ०७५, १५–२१ डिसेम्बर २०१८)


मेष
साताको प्रथम दिन लाभदायक र उन्नति कारक रहला । रोकिएको धन उठ्ला र नयाँ आयस्रोत खुल्नेछ । आइतबार र सोमबार खर्च बढ्नेछ । यात्रा होला । लगानी बढ्नेछ । भोगविलासमा रुचि बढ्ला । साताका अन्तिम चार दिन शुभ र भाग्यबर्धक काम बन्नेछ । मीठो भोजन मिल्ला । धन–मान बढ्ला ।

वृष
साताका अघिल्ला तीन दिन अन्नधन वृद्धिकारक रहला । सुख–शान्ति बढ्नेछ । रोकिएको धन प्राप्त हुनेछ । मंगलबार र बुधबार यात्रा हुने, खर्च बढ्ने तथा खेलकुद भ्रमण कार्यमा रुचि बढ्नेछ । बिहीबार र शुक्रबार मान–सम्मान बढ्नेछ । सुख, समृद्धि बढ्नेछ । मीठो भोजन खान पाइनेछ ।

मिथुन
साताको प्रथम दिन भाग्यबर्धक साबित होला । टाढाको यात्रा हुनेछ र मान–सम्मान बढ्नेछ । आइतबार र सोमबार नयाँ काम बन्नेछ । आलस्य दूर होला । उच्चाधिकारीको सहयोग र समर्थन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । मंगलबार र बुधबार धन वृद्धि हुनेछ । आयस्रोत बढ्ला । बिहीबार र शुक्रबारतिर भागदौड बढ्नेछ । खर्च बढ्नुको साथै विलासितामा मन लाग्ला ।

कर्कट
साताको प्रथम दिन जोखिमपूर्ण रहला । नियम–कानुनलाई ध्यानमा राख्नुपर्नेछ । चोटपटक लाग्ने कुरादेखि सतर्क रहनुपर्नेछ । बाँकी ६ दिन यात्रा, नयाँ सफलता र धनमानको लागि शुभ सावित हुनेछ ।

सिंह
साताको पहिलो दिन मीठो भोजन खान पाउनुहुनेछ । रसरागमा आकर्षण बढ्नेछ । साझेदारीको काम बन्ला । दोस्रो र तेस्रो दिनमा कुनै पनि प्रकारले शारीरिक र आर्थिक जोखिममा नपर्दा उचित हुनेछ । चौथो र पाँचौँ दिनमा मान–प्रतिष्ठा बढ्ला । शुभ र भाग्यबर्धक काम बन्नेछ । यात्रा होला । छैटौँ र सातौँ दिनमा नयाँ कार्यमा सफलता मिल्नेछ । राजकीय कार्य बन्नेछ । यश वर्चश्व बढ्नेछ ।

कन्या
सप्ताहको अघिल्लो तीन दिन आरोग्यता दायक, सुखसमृद्धि प्रदायक रहनेछ । मीठो भोजन मिल्नुको साथै मान–प्रतिष्ठा दायक तथा सफलता कारक रहला । चौथो र पाँचौँ दिनतिर चोटपटकप्रति ध्यान राख्नुपर्नेछ । नियमकानुनलाई नतोड्दा उचित रहला । छैटौँ र सातौँ दिनमा शुभता बढ्नुको साथै भाग्योदय पनि हुनेछ ।

तुला
साताको प्रथम दिनमा मित्र मिलन हुनेछ । प्रेममा पनि सफलता मिल्ला । बौद्धिक र रचनात्मक काम बन्नेछ । दोस्रो र तेस्रो दिनमा आरोग्यता बढ्ला । शत्रुसित लड्ने शक्ति बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । चौथो र पाँचौँ दिनतिर नयाँ कार्य बन्नेछ । मीठो खान पाउनुको साथै विलासितामा आकर्षण बढ्नेछ । छैटौँ र सातौँ दिन दुर्घटनाप्रति सतर्कताको आवश्यकता रहला ।

वृश्चिक
साताको पहिलो दिन अनावश्यक खर्च र विवाद आदि हुने सम्भावना रहनेछ । स्वास्थ्यप्रति ध्यान राख्नुपर्ला । बाँकी दिनहरू सुख, आनन्दबर्धक र सफलता दायक साबित हुनेछ । नयाँनयाँ विकासका अवसर मिल्नेछ ।

धनु
शनिबार आँट हिम्मत बढ्नेछ । यात्रा हुनुको साथै कार्यमा पनि सफलता मिल्नेछ । आइतबार र सोमबारतिर अनावश्यक खर्च र अनावश्यक विवाद आदिदेखि सतर्क रहनु उचित हुनेछ । मंगलबार र बुधबार प्रेममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । बिहीबार र शुक्रबार ऋण रोग र शत्रुसित लड्ने शक्ति बढ्नेछ । विजयश्रीको प्राप्ति हुनेछ ।

मकर
साताको प्रथम तीन दिन सफलता प्रदायक र उन्नतिकारक रहला । आशा–उत्साह बढ्नुको साथै सुख शान्तिमा वृद्धि हुनेछ । चौथो र पाँचौँ दिनतिर व्यर्थको खर्च अनावश्यक यात्रा र विवाद आदिप्रति सचेत रहनुपर्ला । छैटौँ र सातौँ दिनतिर आरोग्यता बढ्नुको साथै नयाँ सफलता मिल्नेछ ।

कुम्भ
साताका सुरुका पाँच दिन विभिन्न प्रकारले सफलता प्रदायक रहनेछन् । सुख–समृद्धि बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । पारिवारिक र बौद्धिक विकास पनि हुनेछ । छैटौँ र सातौँ दिनतिर खर्चमा नियन्त्रण राख्नुपर्नेछ । झैझगडा र स्वास्थ्यप्रति सचेत रहनु हितकर रहनेछ ।

मीन
साताको प्रथम दिन खर्च बढ्ने र सामान हराउने खालको देखिन्छ । लापरबाही नगर्नु नै उत्तम रहला । बाँकीका दिनहरू सुख सफलतादायक रहनेछन् । आरोग्यता बढ्ला । नयाँ सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । मीठो भोजन प्राप्त हुनेछ । आर्थिक उन्नति हुनुको साथै मान तथा प्रतिष्ठा वृद्धि हुनेछ ।