भैरहवामा आयोजित सातौँ लुम्बिनी राष्ट्रिय महोत्वस अन्तर्गत कुस्ती प्रतियोगितामा आफ्नो शरीरमाथी ट्याक्टर चढाएर साहसिक खेल प्रदर्शन गर्दै पन्जाब (भारत)बाट आएका अली पहलमान। उनले मानसिंह पहलमानलाई हराएर १५ हजार नगद पुरस्कार प्राप्त गरे । महोत्सव परिसरमा भएको कुस्ती अखडामा नेपाली र भारतीय दर्जनौँ पहलमानले प्रतिस्पर्धा गरे । महोत्सवको प्रमुख आकर्षण नै कुस्ती प्रतियोगिता बन्न पुग्यो ।
तस्बिर रासस
प्रतिक्रिया