सर्वाधिक नाफा गर्नेमा राष्ट्रिय बाणिज्य बैंक, तीन महिनामै एक अर्ब नाफा

सर्वाधिक नाफा गर्नेमा राष्ट्रिय बाणिज्य बैंक, तीन महिनामै एक अर्ब नाफा


राष्ट्रिय बाणिज्य बैंकले ५७ दशमलव ७३ प्रतिशतले नाफा बढाएको छ । यो नाफा चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधीमा एक अर्ब ११ करोड रुपैयाँ नाफा गरेको हो । बैंकले सबै बाणिज्य बैंकहरुभन्दा बढि नाफा गरेको हो ।

बैंकले तीन महिनामा खुद व्याज आम्दानी ४८ प्रतिशतले बढाएर दुई अर्ब ६० करोड रुपैयाँ आर्जन गरेको छ । तीन महिनामा एक खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ ।

गतबर्ष एनआइडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेसँगै चुक्ता पूँजी ९ अर्ब रुपैयाँ पुगेको छ भने जगेडा कोष १४१ दशमलव ६७ प्रतिशतले बढेर १२ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।