पुनर्निर्माणमा एडीबीको सहयोग अपरिहार्य : खतिवडा

पुनर्निर्माणमा एडीबीको सहयोग अपरिहार्य : खतिवडा


संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले विश्व बैंकले पुनर्निर्माणको लागि सहयोग नगर्ने हो भने नेपालको सामजिक विकासमा गम्भीर असर पर्ने बताएका छन् । सो कुरा अर्थमन्त्री खतिवडाले रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ८ को गाईखुरामा निर्माण हुन लागेको नमुना बस्तीको निरिक्षण गर्ने क्रममा वताएका हुन् ।

भुकम्पपछि ध्वस्त भएको माझी वस्तीलाई सरकारी लगानीमार्फत नमुना वनाउने सरकारी निर्णयलाई कार्यान्वयन गराउने क्रममा गाईखुराको स्थलगत भ्रमण गर्नका लागि एशियाली विकास वैकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष हर्टवीङ सेचफरको टोली सहितमन्त्री खतिवडा आज रामेछाप आई पुगेका हुन् ।

मन्त्री खतिवडाले पुनर्निर्माणको कामतिव्र रुपमा भईरहेको र यस कार्यमा रामेछापले पनि उल्लेख्य रुपमा प्रगति गरिरहेको भन्दै उनले पुननिर्माणको बाँकी काम सम्पन्न गर्न तीन खर्ब लाग्ने र त्यसको लागि झण्डै डेढ खर्ब बजेट अभाव भएको उनको भनाइ छ ।

अर्थ मन्त्री खतिवडाले २०७२ को भूकम्पबाट क्षति भएका घरहरुको पुनर्निर्माणको काम एक तिहाइ सम्पन्न भएको र बाँकी काम अघि बढाउनको लागि विश्व बैंकसँग सहयोगको कुरा भइरहेको पनि बताए ।

नेपालमा निर्माण भइरहेका जलविद्युतमा समेत लगानीमा पनि कुरा भइरहेको र त्यसैको अध्यनको लागि माथिल्लो अरुणको भ्रमण गरेर रामेछापमा पुनर्निणमा भइरहेको कामको अनुगमनका लागि अर्थ मन्त्री खतिवडाको साथमा पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख शुशिल ज्ञावली लगाएतको टोली सामेल थिए ।