मसाल जुलुस र चक्काजामको तायरीमा सर्लाही काङ्ग्रेस

मसाल जुलुस र चक्काजामको तायरीमा सर्लाही काङ्ग्रेस


सर्लाहीको रामनगर गाउँपालिका निवासी रामविलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानेर हत्या गरेको मामलामा सरकार पूरै उदासिन बनेको भन्दै नेपाली काङ्ग्रेसले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

नेपाली काङ्ग्रेस सर्लाही जिल्ला कार्यसमितिले जनाएअनुसार घटनाको छानविन गरी दोषीमाथि कारवाही एवम् मृतकलाई शहीद घोषणालगायतका माग पूरा नगरेसम्म विभिन्न स्तरका चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरिने छन् ।

यसअन्तर्गत भोलि (१७ कात्तिक) बेलुकी सर्लाही जिल्लाका सम्पूर्ण गाउँ/नगरपालिकामा मसाल जुलुस प्रर्दन गरिने छ भने कात्तिक १८ गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म सदरमुकाम तथा जिल्ला बन्द गर्ने र सोही दिन दिनको ११ बजे राजमार्गको नवलपुरमा एक घण्टा चक्काजाम गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।

यसपछि पनि मागको सुनुवाई नभए राष्ट्रिय स्तरका कार्यक्रम अघिसारिने काङ्ग्रेस नेता डा. अमरेश कुमार सिंहले जानकारी दिएका छन् ।