विद्युतीय कुर्चीमा राखेर मृत्युदण्ड

विद्युतीय कुर्चीमा राखेर मृत्युदण्ड


दुईजनाको हत्यामा दोषी पाइएका अमेरिकाको टेनेसीनिवासी एक व्यक्तिलाई विद्युतीय कुर्चीमा राखेर बिहीबार मृत्युदण्ड दिइएको छ । विद्युतीय विधिबाट पाँच वर्षमा मृत्युदण्ड दिइएको पहिलो घटना हो । मृत्युदण्ड पाउनेमा ६३ वर्षीय एडमन्ड जागोस्र्की रहेका छन् ।

जागोस्र्कीले सन् १९८३ मा दुई व्यक्तिलाई गाँजाको लोभ देखाएर जंगलमा पुऱ्याई हत्या गरेका थिए । हत्या गरिएका व्यक्तिको शरीर दुईहप्ता पछि फेलापरेको थियो । उनीहरू दुवैलाई गोली हान्नुका साथै घाँटी रेटिएको थियो । अमेरिकी सर्वोच्च अदालतमा अन्तिम क्षणमा गरिएको अपिल सर्वोच्चले खारेज गरेको थियो ।

मृत्युदण्डका लागि संयुक्त राज्य अमेरिकाका नौवटा राज्यमा अझै पनि विद्युतीय कुर्चीको प्रयोग हुने गरेको छ । टेनिसी राज्यका अधिकारीहरूले टेनिसी राज्यको कानुनबमोजिम मृत्युदण्ड दिइएको बताएका छन् ।