प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड अस्पताल पुगे

प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड अस्पताल पुगे


त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

भेटका अवसरमा दुई अध्यक्षबीच मुलुकको समसामयिक अवस्थाबारे पनि विचारविमर्श भएको नेता दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको प्रतिवेदन राम्रो रहेको र स्वास्थ्य स्थिति सामान्य भएको जनाएको छ । अस्पताल स्रोतका अनुसार आजै साँझ या भोलि शनिबारसम्ममा ओली डिस्चार्ज हुँदै छन् ।

प्रधानमन्त्री ओली बिरामी भएर सोमबार अस्पताल भर्ना भएकै दिन पनि प्रचण्ड उनलाई भेट्न अस्पताल पुगेका थिए ।