प्रधानमन्त्री ‘पूर्ण रुपमा स्वस्थ’, आजै या भोलिसम्ममा डिस्चार्ज गरिने

प्रधानमन्त्री ‘पूर्ण रुपमा स्वस्थ’, आजै या भोलिसम्ममा डिस्चार्ज गरिने


छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएको जनाइएको छ । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि गत सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको आज बिहानको परीक्षणका रिपोर्टहरु अध्ययनपश्चात स्वास्थ्यस्थिति सामान्य देखिएको जानकारी दिइएको हो ।

सेण्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठद्वारा आज बिहान जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य भएको उल्लेख गरिएको छ । प्रधानमन्त्री पहिलेको जस्तै अवस्थामा आएका तर आज या भोलि शनिबार कहिले डिस्चार्ज गर्ने भन्ने बारेमा निर्णय भइनसकेको उनको भनाई छ ।